News Category 2078/04/08
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गरेको पुरै ज्याला नपाएको भन्दै बिहीबार राजविराज नगरपालिका वडा नं. १५ को कार्यालयमा तालाबन्दी गरिएको छ ।
कुलोपैनी मर्मत र सम्भार कार्यमा एक सय दिन खटाई ६० दिनको मात्र भुक्तानी दिएको भन्दै उनीहरुले प्रदर्शन गर्दै तालाबन्दी गरेका हुन् ।
वडा अध्यक्ष रामप्रसाद यादवले ४० दिनको बाँकी रकम अनियमितता गरेको भन्दै स्थानिय कामदारहरुले बिरोध प्रदर्शन गर्दै तालाबन्दी गरेको जनाइएको छ ।
उनीहरुले टायर बालेर चर्को नाराबाजी गर्दै तालाबन्दी गरेपछि वडा कार्यालयको सबै कामकाज दिनभर ठप्प रह्यो ।
महिला कामदार ललिता कुमारी यादवले कुलोपैनी र मर्मत सम्भारमा स्थानिय महिला र पुरुष गरि ६२ जनालाई खटाइएको तर, भुक्तानी दिने बेलामा नापी र हाजिर नपुगेको भन्दै ६० दिनको मात्र पारिश्रमिक दिएकोले आफूहरु बिरोधमा उत्रेको बताइन् ।
पारिश्रमिकमा धाँधली भएको भनी राजविराज नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा गुनासोसहितको उजुरी लिएर पटक पटक गएपनि सुनुवाई नभएकाले बाध्य भई तालाबन्दीमा उत्रनु परेको उनको भनाई छ ।
यता वडा अध्यक्ष रामप्रसाद यादवले कुलोपैनी मर्मत र सम्भार कार्य सोझै नगरपालिकाबाट भएको र वडा कार्यालयको कुनै संलग्नता रहेको दाबी गरे । उनले कार्यस्थलमा नगरपालिकाबाट खटेकै प्राविधीकहरुले निरिक्षण, कामको मुल्याङ्कन र हाजिर अनुसार नै पेश गरेको प्रतिवेदन अनुसार नगरपालिकाले भुक्तानी दिएका बताए ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त विषयमा सत्यतथ्य बुझ्ने काम भइरहेको बताउँदै दुबै पक्षलाई राखी आवश्यक निर्णय गर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ