News Category 2078/04/08
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गरेको पुरै ज्याला नपाएको भन्दै बिहीबार राजविराज नगरपालिका वडा नं. १५ को कार्यालयमा तालाबन्दी गरिएको छ ।
कुलोपैनी मर्मत र सम्भार कार्यमा एक सय दिन खटाई ६० दिनको मात्र भुक्तानी दिएको भन्दै उनीहरुले प्रदर्शन गर्दै तालाबन्दी गरेका हुन् ।
वडा अध्यक्ष रामप्रसाद यादवले ४० दिनको बाँकी रकम अनियमितता गरेको भन्दै स्थानिय कामदारहरुले बिरोध प्रदर्शन गर्दै तालाबन्दी गरेको जनाइएको छ ।
उनीहरुले टायर बालेर चर्को नाराबाजी गर्दै तालाबन्दी गरेपछि वडा कार्यालयको सबै कामकाज दिनभर ठप्प रह्यो ।
महिला कामदार ललिता कुमारी यादवले कुलोपैनी र मर्मत सम्भारमा स्थानिय महिला र पुरुष गरि ६२ जनालाई खटाइएको तर, भुक्तानी दिने बेलामा नापी र हाजिर नपुगेको भन्दै ६० दिनको मात्र पारिश्रमिक दिएकोले आफूहरु बिरोधमा उत्रेको बताइन् ।
पारिश्रमिकमा धाँधली भएको भनी राजविराज नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा गुनासोसहितको उजुरी लिएर पटक पटक गएपनि सुनुवाई नभएकाले बाध्य भई तालाबन्दीमा उत्रनु परेको उनको भनाई छ ।
यता वडा अध्यक्ष रामप्रसाद यादवले कुलोपैनी मर्मत र सम्भार कार्य सोझै नगरपालिकाबाट भएको र वडा कार्यालयको कुनै संलग्नता रहेको दाबी गरे । उनले कार्यस्थलमा नगरपालिकाबाट खटेकै प्राविधीकहरुले निरिक्षण, कामको मुल्याङ्कन र हाजिर अनुसार नै पेश गरेको प्रतिवेदन अनुसार नगरपालिकाले भुक्तानी दिएका बताए ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त विषयमा सत्यतथ्य बुझ्ने काम भइरहेको बताउँदै दुबै पक्षलाई राखी आवश्यक निर्णय गर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ