News Category 2078/04/08
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
प्रदेश २ सरकारले शुक्रबार सप्तरीका किसानहरुलाई कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउने र किसानलाई प्रविधी मैत्री बनाई उनीहरुको जिवनस्तरमा सुधार ल्याउने उद्देश्यले कृषि उपकरण वितरण गरेको छ ।
राजविराजस्थित राजरंगशालामा आयोजित एक कार्यक्रममा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लाका १ सय ६० जना कृषकहरुलाई मेशिनरी औजार तथा उपकरण वितरण गरेका हुन् ।
वितरित उपकरणहरुमा इलेक्ट्रीक च्याप्mकटर १ सय १६, मिनी टिलर १, एरिएटर ६, डिप फ्रिज १०, पानी तान्ने पम्प ९ पानी तान्ने मोटर ५ सर्वम शिवल पम्प ३ र चिलिंग भ्याट १० थान लगायतका समाग्री छन् ।
कृषि उपकरण वितरण गर्दै मन्त्री साहले उक्त कृषि उपकरणले कृषि पेशमा लागेका कृषकलाई सहज हुनुका साथै उत्पादनमा बृद्धि हुने विश्वास ब्यक्त गरे ।
मन्त्री साहले उक्त कृषि उपकरणले कृषि पेशमा लागेका कृषकलाई सहज हुनुका साथै उत्पादनमा बृद्धि हुने विश्वास ब्यक्त गर्दै कृषिमा यान्त्रिककरण गर्दा लागत कम हुने र कृषि मजदुरको आभाव झेलीरहेका कृषकलाई सहजताका साथै मुनाफा बढाउन पनि मद्दत पुग्ने बताए ।
प्रदेश सरकारले कृषि क्षेत्रलाई आफ्नो नीति तथा कार्यक्रममा विषेश प्राथमिकता दिएको बताउँदै मन्त्री साहले वितरण समाग्रीमा केही निःशुल्क र केहीमा २५ देखी ७५ प्रतिशत सम्म प्रदेश सरकारले अनुदान उपलब्ध गराएको जानकारी समेत दिए ।
यस्तै जिल्लामा कृषकलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ प्रदेश सरकार पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय जनकपुरको समन्वयमा कृषि उपकरण वितरण गरिएको निर्देशक जागेश्वर यादवले बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टी प्रदेश २ का मुख्य सचिव शम्भु झा, जिल्ला इ्रन्र्चाज सत्य नारायण यादव, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण देव लगायतले बोल्दै वितरण गरिएको उपकरणले कृषि मजदुर अभावको समस्या न्युनिकरण गर्नूका साथै कृषि, पशु तथा मत्स्य क्षेत्रमा लाग्न युवाहरुलाई पे्ररित गर्ने विश्वास ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ