News Category 2078/04/09
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग

राजविराज/प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
पत्रकार महासंघको कार्यालयमै पुगेर मन्त्री साहले एक लाख रुँपैयाको चेक शाखाका अध्यक्ष श्रवण देवलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री साहले विपद र संकटका बेला पत्रकारहरुलाई सानै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । उनले आफूले पत्रकारको पीडा नजिकबाट बुझेको बताउँदै आफ्नो क्षमताले भ्याएसम्म भविष्यमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
मन्त्री साहले केहि दिन अगाडि महासंघलाई सहयोग गर्ने वाचा गरेका थिए । सोही वाचा उनले शनिबार पुरा गरेका हुन् । विगतमा पत्रकारिता समेत गर्दै आएका उनी महासंघका सदस्य समेत हुन् ।
महासंघका अध्यक्ष देवले मन्त्री साहप्रति धन्यवाद र आभार व्यक्त गर्दै प्राप्त सहयोगको पत्रकारको हकहितमा सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका पूर्व अध्यक्ष शम्भु झा, निवर्तमान अध्यक्ष जितेन्द्र खडगा, पूर्व केन्द्रिय सदस्य अवधेश झा लगायतले पनि मन्त्री साहप्रति धन्यवादसहित आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम संचालन सचिव रामनारायण विश्वास तथा धन्यवाद ज्ञापन उपाध्यक्ष बैद्यनाथ यादवले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ