News Category 2078/04/12
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
राजविराज नगरपालिकाको मुख्य सडक मेनरोड तथा भित्री सडकको दाँया बाँया रहेका सयौ परिवार वर्षौदेखी लालपुर्जा नपाएकाले समस्यामा परेका छन् ।
मुख्य बजारमा वर्षौदेखी घर तथा खाली जग्गामा भएको सयौं परिवारले लालपुर्जा आफ्नो नाममा नभएका तथा नक्शा पास समेत रोकिदा समस्यामा परेका हुन् । नगरपालिकाबाट नक्शा पास तथा मालपोत कार्यालयबाट रोक्का प्रक्रिया समेत लामो समयदेखी रोकिएपछि उनीहरु झनै मार्कामा परेका छन् ।
विगत पाँच वर्ष देखी श्रेस्ता र कम्प्युटरमा कुनै रेर्कड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न नमानेपछी नगरवासी बैंक तथा वित्तीय संस्थाबाट पाउनु पर्ने सेवा सुविधाबाट बञ्चित हुन पुगेका छन् ।
राजविराज ४ मेनरोडका कपडा पसल संचालक मो.दानिसले विगतमा विटौरी रसिद कै आधारमा बैंकमा जग्गा धितो राखी कारोबार गर्दै आएकोमा अहिले मालपोतले रोक्का गर्न नमानेपछि बैंकले पनि ऋण दिन नमानेको बताए ।
विटौरी जग्गाको वर्षाैदेखी कर लिने गरेको राजविराज नगरपालिकाले लालपुर्जा र नक्शा पास उपलब्ध नगराउदा बैंकले त्यस्तो जग्गा स्विकार नगर्ने गरेको उनको भनाई छ ।
नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले पुस्तौदेखी वसोवास गर्दै आएका स्थानीयवासी समस्यामा परेका बेला जग्गा धितो राखेर बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिन नपाउनु दु:खद र लज्जास्पद विषय भएको बताए । जग्गाको नियमित कर लिने तर समस्यामा परेका बेला आप्mनै जग्गामा पनि बैकमा धितो राखी ऋण लिन नपाउने भन्दै यसतर्फ स्थानीय, प्रदेश र संघिय तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
नगर प्रमुख शम्भु प्रसाद यादवले मुख्य बजारका वासिन्दा समस्यामा परेका वेला आफ्नैे जग्गा बैंक तथ वित्तिय संस्थामा धितो राखी कर्जा नपाई रहेको पीडाप्रति आफु गम्भिर रहेको र समस्या समाधानका लागी प्रयत्नशिल रहेको बताए ।
उनले भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट नै उक्त समस्याको समाधान हुने भन्दै यसका लागी मन्त्रालयमा पहल भइरहेको जानकारी दिएका छन् ।
यता मालापोत कार्यालयका निमित्त प्रमुख प्रकाश राउतले नगरपालिका क्षेत्रको विटौरी जग्गाको कुनै श्रेस्ता यस कार्यालयमा अहिले नरहेकाले त्यस्तो जग्गा रोक्का गर्ने काम हाल बन्द रहेको बताए ।
“कम्प्युटरमा इन्ट्री छैन, तथ्याङ्क पनि छैन, कुनै श्रेस्ता नभएका कारण विटौरी जग्गा भएकाहरुलाई सेवा दिन सकिएको छैन ।” उनले भने यस बारे राजविराज नगरपालिकाले नै आवश्यक पहल गर्नू पर्नेमा जोड दिए ।
भारतको जयपुर शहरको नक्शामा आधारित रहेर ६० विगहा क्षेत्रफलमा वसाईएको राजविराजलाई २०१६ सालमा नगरपालिका घोषणा गरिएको थियो । तर, दशकौं वितिसक्दा पनि नगरलाई ब्यवस्थित तथा नगरवासीलाई आवश्यक सेवा सुविधा प्राप्त नभएको नगरवासीको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ