News Category 2078/04/15
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत महसुल बाँकी रहेको भन्दै राजविराज नगरपालिकाको काटेको क स्लाइन २४ घण्टा नबित्दै नगरपालिकाले आफै जोडेको छ ।
जरिवानासहित २० लाख भन्दा बढी रकम विद्युत महसुल वक्यौता नतिरेपछि मंगलबार काटिएको राजविराज नगरपालिकाको विद्युत लाइन बुधबार आफ्नै कर्मचारी लगाएर नगरपालिकाले जोडेको विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले जनाएको छ ।
विद्युत प्राधिकरणले राजविराज नगरपालिकालाई विद्युत महसुल वापत बुझाउन बाँकी रहेको वक्यौता तिर्न पटक पटक ताकेता गर्दा पनि नगरपालिका कार्यालयले वेवास्ता गरेपछि गत मंगलबार प्राधिकरणले नगरपालिकाको लाइन काटेको थियो ।
बितरण केन्द्रका निमित्त प्रमुख बिमल साहले विद्युत अभावमा कार्यालयको काम प्रभावित भएको भन्दै नगरपालिकाका विद्युत फाँटका कर्मचारीले पोलबाट लाइन जोडेका जानकारी दिएका छन् ।
महसुल नतिरिकन आफैले लाइन जोडेको थाहा पाएपछि आफ्नै नेतृत्वमा बिहीबार एक टोली नगरपालिका पुगेर आपत्ति प्रकट गरेको निमित्त प्रमुख साहले बताए । बाँकी वक्यौता रकम किस्तामा भएपनि छिटै तिर्ने प्रमुख प्रशासकीय अधिकृत मदन थापासँग भएको मौखिक सहमति पश्चात् आफूहरु फर्किएको उनले बताए ।
प्राधिकरणका निमित्त प्रमुख साहले नगरपालिकाले विभिन्न ठाउँमा ५ वटा मिटर मार्फत विद्युत लाइन उपभोग गर्दै आएको तथा ती सबै वक्यौता जोड्दा जरिवानासहित २० लाख भन्दा बढी पुगेको उल्लेख गरे ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले विद्युत प्राधिकरण बितरण केन्द्रको बिद्युत महसुल वापतको वक्यौता रकम आपसी सहमतिमा चाडै बुझाउने छलफल भएको बताउँदै प्राधिकरणले लाइन नकाटेको र आफूहरुले पनि आफ्नो कर्मचारी लगाएर लाइन पनि नजोडेको दाबी पनि गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ