News Category 2078/04/16
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
दैनिक समाचारदाता
राजबिराज, १५ साउन ।
कोरोना भाइरसबाट बच्नका लागि सप्तरीमा शुक्रवारसम्म ५७ हजार व्यक्तिले कोभिड–१९ विरुद्धको पुर्ण खोप लगाईसकेका छन् ।
पहिलो चरणमा लगाएका कोभिशिल खोप २७ हजार ब्यक्ती दोश्रो मात्रा आउने पखाईमा छन । दोश्रो मात्राको भारतबाट आउने कोभिशिल लिन बाँकी २७ हजार जनालाई पनि छिट्टै खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पहिलो मात्रा लिइसकेका २७ हजार व्यक्तिलाई खोप लगाउन ढिलाई भएकाले दोश्रो मात्रा बारे मन्त्रालयमा पहल भइरहेको छ ।
यता चिनबाट प्राप्त भेरोसेल खोपको दुबै डोज जिल्लाका ४० हजार जनाले हालसम्म लिई सकेको उनले जानकारी दिए ।
यस्तै अमेरिकाबाट उत्पादित जोन्सन एण्ड जोन्सनको पुर्ण डोज १७ हजार जनाले लगाइसकेको तथा उक्त खोप ३५ हजार प्राप्त भएकोमा शुक्रवारसम्म १७ हजार व्यक्तिले लगाइसकेको उनको भनाई छ । बाकी रहेका १८ हजार खोप साउन १७ गते देखी विभिन्न पालिकामा प्रदान गरिने तयारी रहेको उनले बताए ।
जिल्लामा सबै उमेर समुहका लागी करिब ६ लाख ५० हजार खोप आवश्यक रहेपनि हालसम्म कुल जनसंख्याको करिब ९ प्रतिशतले मात्र कोभिड–१९ विरुद्धको खोप पाएको उनको भनाई छ ।
कोरोना भाईरसको उपचारका लागी निश्चित औषधी नभएका कारण यसको रोकथाम गर्न निर्माण भएको खोप चिन, अमेरिका र भारतबाट सरकारले झिकाउने गरेको उनले जानकारी दिए ।
पहिलो चरणमा हिचकिचाहट र संकोच देखिएपनि अहिले नागरिकको उत्साहप्रद सहभागिता देखिएको तथा अधिकांश खोप केन्द्रमा भिड ब्यवस्थापन गर्न हम्मे हम्मे परेको उनको भनाई छ ।
सप्तरीमा कोरोना भाईरसको संक्रमण सुरु भएदेखि हालसम्म पहिलो चरणमा ४२ र दोश्रो चरणमा १ सय १५ गरी १ सय ५७ जनाको मृत्यु भई सकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ