News Category 2078/04/16
सउबा संघको अध्यक्षको दौडमा आधा दर्जन भन्दा बढी आकांक्षी
राजबिराज/सप्तरी उधोग बाणिज्य संघको साधारण सभाको मिती तोकिएसंगै नेतृत्व पंक्तिका लागि सप्तरीका उद्योगी व्यवसायीहरुको चहलपहल सुरु भएको छ ।
संघले शुक्रवार एक सुचना जारी गर्दै आगामी असोज ९ गते शनिवार संघको ११ औं साधारण सभा हुने जानकारी गराएपछि सो चहलपहल सुरु भएको हो ।
संघको चुनावी साधारण सभा भएको तथा आगामी तीन वर्षे कार्याकालका लागी नयाँ नेतृत्वको चयन समेत हुने भएकाले उद्योगी, व्यवसायीहरुमा चुनावी सरगर्मीले माहौल तातेको छ ।
अध्यक्षसहित १४ पदका लागी हुने निर्वाचनको आवश्यक तयारी शूरु गरिसकेको वर्तमान अध्यक्ष अरुण प्रधानले जानकारी दिएका छन् । उनले सदस्यता नविकरणका लागी भदौ २५ गते सम्म अन्तिम म्याद राखिएको र सो पछि आउनेको नविकरण नगरिने निर्णय भएको जानकारी पनि दिए । साधारण सभाको सूचना जारि भएसँगै अध्यक्ष पदका लागि आकाँक्षीहरुले चुनावी रणनीति बनाउन थालेका छन् ।
वर्तमान अध्यक्ष प्रधानले भने आफु यस पल्ट चुनाव नलड्ने इच्छा जाहेर गरेका छन् । संघको अध्यक्ष पदका लागी यतिबेला वर्तमान उधोग तर्फका अध्यक्ष शंकर दास, पुर्व अध्यक्ष मनोज मुन्धडा, वर्तमान महासचिव अनन्त साह, पुर्व उपाध्यक्ष लालु प्रसाद अग्रवाल, पुर्व सचिव बैजु जोशी, पुर्व कोषाध्यक्ष रामअषिश स्वर्णकार, युवा व्यवसायी अमृत संचेती, राजेश चौधरी लगायतले सक्रियता बढाएका छन् ।
आकाँक्षीहरु मध्ये कसको पल्ला भारी होला भन्ने आँकंलन व्यपारी माझ निकै चर्चा बढेको छ । वर्तमान अध्यक्ष प्रधानले नयाँ नेतृत्वका लागी आफुले सहमति मै चयन गर्ने प्रयास सूरु गरीसकेको बताए ।
अन्तिम क्षणसम्म प्रयास गरिन्छ, उनले भने “सहमतीमा चयन हुन नसके दाबेदार मध्येका नेतृत्व क्षमता भएको, समय दिएर काम गर्न सक्ने र सबैलाई समेटेर संघ र आबद्ध व्यवसायीको हकहितमा काम गर्न सक्ने सक्षम ब्यक्तिलाई मेरो सर्मथन हुने छ ।”
सप्तरीको १८ वटै स्थानीय तहका गरी संघमा करिब २ हजार मतदाता छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ