News Category 2078/04/18
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका ४ अमहामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पश्चिमबाट पुर्बतर्फ जादै गरेको बा.२ख. ५६८२ नं.को बसलाई सोही दिशाबाट जादै गरेको स.११प. ४०३८ न.को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई विपरित दिशाबाट आउदै गरेको र प्र.न.२–०१–००१ प ९५५६ न.को मोटरसाइकलमा ठोकिदा दुर्घटना भएको हो ।
सो दुर्घटनामा स.११.प. ४०३८ नं. को मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ ७ बस्ने २८ वर्षिय बुद्धसागर चौधरीको घटनास्थलमै तथा प्र.न.२–०१–००१ प ९५५६ न. को मोटरसाइकल चालक सिरहाको लहान १७ बस्ने २८ वर्षिय रामशंकर यादवको उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै घाइते हुनेमा स.११.प. ४०३८ नं. को मोटरसाइकल पछाडी सवार सप्तरीको शम्भुनाथ ७ बस्ने २८ वर्षिय आनन्द चौधरी र प्र.न.२–०१–००१ प ९५५६ न.को मोटरसाइकल पछाडी सवार सिरहाको लहान २० बस्ने २३ वर्षिया सोनम चौधरी रहेका छन् । ती दुबैको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।
यता दुर्घटना भएका मोटरसाइकल, बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ