News Category 2078/04/20
रामको मृत शरीर कुलोमा भेटिए
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
सप्तरीको खडक नगरपालिका ३ गरुराहा टोल निवासी ३० वर्षिय श्यामसुन्दर रामको मृत शरीर बुधबार फेला परेको छ ।
मंगलबार साँझदेखी हराइरहेका रामको मृत शरीर घरभन्दा करिब ५० मिटर टाढा रहेको कुलोबमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पानी जमेको कुलोमा घोप्टो अवस्थामा बिहान ६ बजेतिर मृत शरीर फेला परेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मंगलबार साँझ घरबाट बजारमा केही काम छ भन्दै निस्केका उनी राती घर नफर्केपछि खोजतलास गर्दै जाँदा बुधबार बिहान घर नजिकैको कुलोमा मृत शरीर फेला परेको परिवारजनले बताए ।
रामको हत्या गरिएको भन्दै परिवारजनले घटनाको सुक्ष्म अनुसन्धानको माँग गरेका छन् । यता प्रहरीले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडोरबोनाबाट एउटा टोली खटाइसकेको डिएसपी धमलाले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइ थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ