News Category 2078/04/20
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी कोइलाडीका कर्मचारीहरु आन्दोलित
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका कर्मचारीहरु बुधबारदेखी कार्यालयको कामकाज ठप्प पारि आन्दोलनमा उत्रेका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झासहितका कर्मचारीलाई मंगलबार आफ्नो कार्यकक्षमा बोलाई कामकाज नगर्नुस् कामकाज गरेमा हातपात गर्ने भनी दिएको धम्कीप्रति आपत्ति जनाउँदै कर्मचारीहरु बुधबारदेखि आन्दोलित भएका हुन् ।
उपाध्यक्ष यादवले माग गरेको विवरणहरुको सम्बन्धमा कुराकानी भईरहँदा प्रमुख प्रशासकीय अधिकृत झालाई बुधबारदेखि काम नगर्न तथा गरेमा आफूले हातपात गर्ने भनी धम्की दिएकी थिइन् ।
गत बर्ष पनि उपाध्यक्ष यादव र निजका श्रीमान शिवनाथ यादवले गाउँपालिकाका सहलेखापाललाई हातखुट्टा काटिदिने धम्की दिएका थिए । यता उपाध्यक्ष यादवले माफी नमागेसम्म आन्दोलन जारी रहने जनाइएको छ ।
यसैबीच बुधबार गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह तथा वडा अध्यक्षहरुको उपस्थितिमा आन्दोलित कर्मचारीहरुसग छलफल भएको छ । छलफलका क्रममा वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्रलाई उपाध्यक्ष यादवसँग समन्वय तथा सहजीकरण गर्न जनप्रतिनिधीहरुले जिम्मेवारी दिएको कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद सिंहले बताए ।
उपाध्यक्ष यादवले गत विगतमा पनि कर्मचारीलाई धम्की दिंदै आएको र कर्मचारीहरु मथि हातपात समेत गरेको हुँदा निज उपाध्यक्ष यादवले माफी नमागेसम्म तथा शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सप्तरीलाई समेत पत्राचार गरिएको कर्मचारी युनियनका अध्यक्ष सिंहले बताए ।
यस्तै उपाध्यक्ष यादवको धम्कीका बारेमा मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला समन्वय समिति सप्तरीमा समेत जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ