News Category 2078/04/22
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो

दैनिक समाचारदाता
राजबिराज, २२ साउन ।
जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवका कारण पार्टी बिखण्डन भएको आरोप लगाएका छन् । राजविराजमा शुक्रबार आफ्ना पक्षका अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाउँदै अहिले मधेशी एकता फोडेर उपेन्द्र यादवले ठूलो अपराध गरेको टिप्पणी समेत गरे ।
निर्वाचन आयोगले पनि उनलाई आधिकारिता दिँदै उक्त इच्छा पुरा गरिदिएको बताउँदै नेता महतोले मधेशी एकता खण्डित गर्नेहरुसँग सजग रहन कार्यकर्ताहरुलाई सुझाव पनि दिए ।
उनले अधिकार प्राप्तिका लागि ताकत चाहिन्छ, ताकतका लागि एकता चाहिन्छ, एकता भाड्ने तत्वलाई जनताले दण्डित गर्नु जरुरी रहेको बताए ।
पार्टी फुटेर शुन्य अवस्थामा पुग्न लागेका उपेन्द्र यादवलाई मधेशी मधेशीबीचको एकता बलियो तुल्याउन आफूहरुले निशर्त एकता गरेर उनको पार्टीलाई जोगाई दिएको दाबीका साथ महतोले भने, “अहिले उपेन्द्र यादव त्यो गुण बिर्सेर पार्टी फोड्ने काममा व्यस्त देखिएका छन् ।”
एक अर्को प्रसङ्गमा उनले मधेश बिरोधी भनेर चिनिएका तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई मधेशका पक्षमा माँग पुरा गर्न आफूहरुले तयार पारेको जिकिर गर्दै कार्यकर्ताको रिहाई, मुद्दा फिर्ता, नागरिकता विदेयक लगायतका उपलब्धी छोटो समयमै पाएको दाबी गरे ।
उनले भने, “ओली नेतृत्वको सरकारमा १८ दिन मन्त्रिमण्डलमा बसेर ती मागहरु पुरा गरायौं उपेन्द्र यादवले १८ महिना ओली नेतृत्वकै सरकारमा बसेर मधेशका लागि के–के काम गर्न सके उनको प्रश्न थियो ?
पूर्वराजपाका जिल्ला संयोजक सुनिल झाको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सांसद चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपाका कार्यकारणी सदस्य केशव झा, केन्द्रिय सदस्य राजिव झा, जयप्रकाश ठाकुर, बिनोद सिंह, दिपेन्द्र चौधरी, साधना झा, बिजय यादव, दिनेश यादव, अमरनाथ मण्डल, यूवानेता बिनोद यादव र शम्भु यादव लगायतले पनि बोल्दै पार्टी विभाजन भए मधेशमा जसपा नेपाल महन्थ र राजेन्द्र समूह नै बलियो रहने दाबी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ