News Category 2078/04/25
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
राजविराजस्थित आई एण्ड जनरल हस्पिटल प्रालिले आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु गरेको छ ।
२०७८ बैशाख देखी स्थापना भएको सो अस्पतालबाट आँखा सम्बन्धी रोगको उपचारका साथै जटिल प्रकृतीका शल्यक्रिया समेत सुरु भएपछि आँखा रोगले पीडितहरुलाई सहज समेत भएको छ ।
यसैबीच आइतबार सो अस्पतालमा राजविराज १ का ६५ वर्षिय कृष्णदेव ठाकुर र तिलाठी कोइलाडी गाउँपालिका ७ की ७२ वर्षिया प्रमितादेवी सिंहको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको छ ।
मोतियाबिन्दुका साथै आँखामा मासु पलाएका दुबैजनाको डा. महेश यादव र डा. हरिश यादवको चिकित्सक टोलीले आधुनिक उपकरणको सहायताले सफल शल्यक्रिया गरेका हुन् ।
अत्याधुनिक सर्जरी सेवा सुरु गरेको अस्पतालमा दुई जना दृष्टि रोग विशेषज्ञ, एक जना अपथालमिक अफिसर र ६ जना अप्टोमेट्रिससहित १९ जना स्वास्थ्यकर्मी र कर्मचारी स्वास्थय सेवाका लागि कार्यरत रहेको सो अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ