News Category 2078/04/25
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
राजविराजस्थित आई एण्ड जनरल हस्पिटल प्रालिले आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु गरेको छ ।
२०७८ बैशाख देखी स्थापना भएको सो अस्पतालबाट आँखा सम्बन्धी रोगको उपचारका साथै जटिल प्रकृतीका शल्यक्रिया समेत सुरु भएपछि आँखा रोगले पीडितहरुलाई सहज समेत भएको छ ।
यसैबीच आइतबार सो अस्पतालमा राजविराज १ का ६५ वर्षिय कृष्णदेव ठाकुर र तिलाठी कोइलाडी गाउँपालिका ७ की ७२ वर्षिया प्रमितादेवी सिंहको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको छ ।
मोतियाबिन्दुका साथै आँखामा मासु पलाएका दुबैजनाको डा. महेश यादव र डा. हरिश यादवको चिकित्सक टोलीले आधुनिक उपकरणको सहायताले सफल शल्यक्रिया गरेका हुन् ।
अत्याधुनिक सर्जरी सेवा सुरु गरेको अस्पतालमा दुई जना दृष्टि रोग विशेषज्ञ, एक जना अपथालमिक अफिसर र ६ जना अप्टोमेट्रिससहित १९ जना स्वास्थ्यकर्मी र कर्मचारी स्वास्थय सेवाका लागि कार्यरत रहेको सो अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ