News Category 2078/04/25
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
विगत केही दिनदेखी बढेको अत्याधिक गर्मीका कारण राजविराजस्थित अस्पताल र निजि क्लिनिकहरुमा बिरामीको चाप बढेको छ ।
गजेन्द्र नरायणसिंह अस्पताल आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहका अनुसार ज्वरो, रुखा, खोकी, झाडापखालाका बिरामीका साथै सर्पदंशमा परेका घाइतेको चाप बढेको हो ।
दैनिक सर्पदंशको मात्रै ५/६ जना घाइते आउने गरेकोमा अहिले ज्वरो, रुघा, खोकी र झाडापखालाका दैनिक १० देखी २५ जनासम्म बिरामीहरु आउने गएको उनको भनाई छ ।
बिरामीको चाप बढ्दै गएपछि बेडको अभावमा भुईमै भएपनि उपचार भइरहेको तथा बेड व्यवस्थापन गरि उपचार सेवा प्रदान गरिरहेको उनले बताए ।
यस्तै जिल्लाको छिन्नमस्ता र युनिक अस्पतालका साथै निजी क्लिनिकहरुमा समेत बिरामीको चाप बढेको सम्बद्ध चिकित्सकहरुले बताएका छन् ।
गर्मी मौसममा भाइरलको संक्रमण बढी हुने भएकाले बिरामी बढ्ने गरेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाको भनाई छ ।
डा. झाले गर्मी मौसममा यस्ता रोगबाट बच्नका लागि विशेष गरि पानी उमालेर मात्र पिउने, दिशापिसाब गरिसकेपछि राम्ररी हात धुने, बासी सडेगलेका खानेकुरा नखाने, झाडापखाला लागिसकेपछि पर्याप्त मात्रामा जिवन जल पिउने र रोगको लक्षण देखापर्ना साथ नजिकको स्वास्थ्य चौकी र अस्पतालमा सम्पर्क गरेर औषधी खानुपर्ने सुझाव समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ