News Category 2078/04/25
गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
प्रदेश २ का प्रमुख राजेश झाले गलत प्रकृयाबाट नागरिकता लिने र दिने दुबैलाई कार्वाही हुनुपर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा आईतबार सुरक्षा निकायका अधिकारी र संचारकर्मीसँगको अन्तरकृया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख झाले किर्ते गरी नागरिकता लिने र दिने दुबै दोषी भएको बताए ।
कार्यक्रममा प्रदेश प्रमुख झाले च्यस्प्रदेश २ अपराध र अतिवादको चपेटामा रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउँदै सीमा सुरक्षा, नागरिकता, भ्रष्टाचार र राष्ट्रिय एकतामा कुनै किसिमको सम्झौता गर्न सम्बन्धीत सबै पक्षलाई निर्देशन समेत दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लाको बारेमा, जिल्ला प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले जिल्लाको शान्ति सुरक्षा, लागूऔषध, महिला हिंसा, सशस्त्र प्रहरीका उपरीक्षक राजु श्रेष्ठले सीमा तथा लागूऔषध बिषयमा तथा नेपाली सेनाका प्रमुख सेनानी निरज भण्डारीले नेपाली सेनाको गतिविधीबारे जानकारी गराएका थिए ।
यसअघि प्रदेश प्रमुख झाले नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पुगेर जिल्लाका संचारकर्मीहरुसँग भेटघाट पनि गरेका थिए । सो क्रममा उनले सप्तरीको पत्रकारिता प्रदेश २ को ८ वटै जिल्ला मध्ये उत्कृष्ट रहेको बताए । महासंघको गतिविधी, पत्रकार तथा पत्रकारिताको अवस्था बारे महासंघका अध्यक्ष श्रवणकुमार देवले उनलाई जानकारी समेत गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ