News Category 2078/04/26
अध्यक्षले दस्तखत किर्ते गरि रकम झिकेको भन्दै कोषाध्यक्षद्वारा प्रहरीमा उजुरी

दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
उपभोक्ता समितिका कोषाध्यक्षले आफ्नो दस्तखत किर्ते गरि बैंकबाट रकम निकालेको भन्दै अध्यक्ष बिरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।
सप्तरीको महदेवा गाउँपालिका ५ स्थित निर्माणधिन रहेको राम जानकी मन्दिरको उपभोक्ता समितिका कोषाध्यक्ष भुवनेश्वरी मण्डलले अध्यक्ष बिरेन्द्र मण्डल बिरुद्ध उजुरी दिएकी हुन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार उनले दर्ता गराएको उजुरीमा गाउँपालिकाबाट प्राप्त बजेटले निर्माण भइरहेको राम जानकी मन्दिरका लागि प्राप्त २ लाख २७ हजार रकम हनुमाननगर कंकालिनी नगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंकको खाता नं. २२२७ बाट आफूलाई थाहै नदिई अध्यक्ष मण्डलले किर्ते दस्तखत गरि झिकेको उल्लेख गरेकी छिन् ।
उनले उजुरीपत्र मार्फत घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माग गरेकी छिन् । जिल्ला प्रशासन कार्यालयले तत्कालै सो उजुरी बारे आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले उपभोक्ता समितिका कोषाध्यक्ष मण्डलद्वारा गाउँपालिकाको न्यायिक समितिमा समेत उजुरी परेको र सो बारे गाउँपालिका स्तरबाट पनि छानबिन सुरु गरिएको जानकारी दिए ।
यता उपभोक्ता समितिका अध्यक्ष बिरेन्द्र मण्डलले सो आरोप निराधार रहेको बताउँदै कोषाध्यक्षको सहमतिमै बैंकबाट रकम झिकिएको र चेकमा उनले नै हस्ताक्षर गरेको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ