News Category 2078/04/26
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित

दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
जनमूखी पब्लिकेशन प्रालि सप्तरीले सोमबार प्रदेश २ का आन्तिरक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण तथा वल्र्ड बुक अफ रेकर्डसबाट सम्मानित बरिष्ठ ज्योतिष एवं बास्तु विशेषज्ञ डा. कैलाश प्रसाद साहलाई अभिनन्दन गरेको छ ।
राजविराजस्थित पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा दुबै जनालाई अभिनन्दित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सिचाई मन्त्री उमेश प्रसाद यादवले मैथिली पाग, दोसल्ला र कदरपत्रबाट उनीहरुलाई अभिनन्दन गरे । राज्यमन्त्री कर्ण जनमूखी पब्लिकेशन प्रालीका सल्लाहकार समेत हुन् ।
लामो समयदेखी प्रकाशित हुँदै आएको कल्याण पोष्ट दैनिक पत्रिका संचालनमा सहयोगका साथै सामाजिक विभेद बिरुद्ध एवं जिल्लाको विकासमा योगदान पु¥याए वापत राज्य मन्त्री कर्णलाई अभिनन्दन गरिएको जनाइएको छ ।
यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका निवासी डा. कैलाश प्रसाद साह हालै ज्योतिषी एवं बास्तु शास्त्र क्षेत्रमा वल्र्ड बुक अफ रेकर्डस लण्डनबाट सम्मानित भई जिल्ला र देशकै नाम अन्तराष्ट्रिय स्तरमा राख्न सफल भएकोमा अभिनन्दन गरिएको प्रालिका संस्थापक अध्यक्ष जयप्रकाश चौधरीले बताए ।
प्रालिका वर्तमान अध्यक्ष माला कर्णको अध्यक्षतामा आयोजित अभिनन्दन समारोहमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जेष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर सारदा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रहरी उपरिक्षक राजेन्द्र धमला, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ