News Category 2078/04/27
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
जनता समाजवादी पार्टी परित्याग गरि एक दर्जन व्यक्ति बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
राजविराज वडा नं. ७ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा तत्कालिन संघीय समाजवादी पार्टीबाट वडा नं. ७ को अध्यक्ष पदका प्रत्यासी रामप्रित मण्डल लगायत सोही पार्टी आवद्ध एक दर्जन व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष अशोककुमार मण्डल तथा प्रदेश सदस्य महेश यादवले माला तथा टिका लगाई पार्टी प्रवेश गराएका छन् ।
सोही कार्यक्रममा वडा नं. ६ का शंकर प्रसाद साह, वडा नं. ७ का अरुण कुमार देव, गणेश श्रेष्ठ, मिश्रिलाल साह, सरस्वती देवी साह, विष्णुमाया विश्वकर्मा, शैलेन्द्र प्रसाद साह, सुरेश साह, रिदेश्वर पाण्डिया लगायत माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ ।
पार्टीका जिल्ला सदस्य रामगमन साहको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रदेश सदस्य छेदी रजक, भुपेन्द्र यादवलगायतकाको उपस्थिति रहेको थियो ।
यस्तै माओवादी केन्द्रले राजविराज वडा नं. ६ मा ५१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ । सो कमिटिको अध्यक्षमा मनोज यादव र सचिवमा रेहना खातुन रहेको जिल्ला सदस्य रामगमन साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ