News Category 2078/04/27
सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
पूर्वपश्चिम राजमार्ग अन्तरतगत सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदह कंकालिनि मन्दिर नजिकै बुधबार सेनाको गाडीको ठक्करबाट पिकअप चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पुर्वबाट पश्चिम तर्फ आउदै गरेको १८ नं. बाहिनि गाईघाट उदयपुरको प्रदेश नं. ३–०१–००१ ग ३७२५ नं. सेनाको वन्टेन गाडी र विपरित दिशाबाट जादै गरेको मे.१च. ६९२५ नं. को पिक अप गाडी एक–आपसमा ठक्कर खाँदा पिकअप चालक झापा जिल्लाको दमक नगरपालिकाका ४२ वर्षिय मेघराज शर्माको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सो दुर्घटनामा पिकअपका सहचालक सुनसरी ईटहरी नगरपालिका ५ बस्ने ५२ वर्षिय भवानी र सेनाको गाडीमा सवार खोटाङ मझुवागढी नगरपालिका १० बस्ने ४२ वर्षिय १८ नं. बाहीनी उदयपुरमा कार्यरत जमदार जिवन गरी घाइते भएका छन् ।
यता प्रहरीले सेनाको गाडी र चालकलाई नियन्त्रणमा लिएको तथा मृतकको शव कानुन बमोजिम कानुनी प्रकृया अगाडी बढाएको तथा घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ