News Category 2078/04/27
सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
पूर्वपश्चिम राजमार्ग अन्तरतगत सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदह कंकालिनि मन्दिर नजिकै बुधबार सेनाको गाडीको ठक्करबाट पिकअप चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पुर्वबाट पश्चिम तर्फ आउदै गरेको १८ नं. बाहिनि गाईघाट उदयपुरको प्रदेश नं. ३–०१–००१ ग ३७२५ नं. सेनाको वन्टेन गाडी र विपरित दिशाबाट जादै गरेको मे.१च. ६९२५ नं. को पिक अप गाडी एक–आपसमा ठक्कर खाँदा पिकअप चालक झापा जिल्लाको दमक नगरपालिकाका ४२ वर्षिय मेघराज शर्माको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सो दुर्घटनामा पिकअपका सहचालक सुनसरी ईटहरी नगरपालिका ५ बस्ने ५२ वर्षिय भवानी र सेनाको गाडीमा सवार खोटाङ मझुवागढी नगरपालिका १० बस्ने ४२ वर्षिय १८ नं. बाहीनी उदयपुरमा कार्यरत जमदार जिवन गरी घाइते भएका छन् ।
यता प्रहरीले सेनाको गाडी र चालकलाई नियन्त्रणमा लिएको तथा मृतकको शव कानुन बमोजिम कानुनी प्रकृया अगाडी बढाएको तथा घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ