News Category 2078/04/27
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान

दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
किर्ते कागजात बनाई राजबिराज नगरपालिका १५ निवासी देवन यादवले आफ्ना भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा उनीसँगै ज्वाई र किर्ते कागजात बनाउन सहयोग गर्ने एक व्यक्तिसहित तीन जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
स्थानिय संजिव कुमार यादवसँग मिलोमतो गरी राजबिराज वडा अध्यक्षको हस्ताक्षर, वडा कार्यालयको छाप, लेटर प्याड समेत किर्ते खडा गरी किर्ते कागजातको सहायताले नेपाली नागरिकता बनाउन खोज्दा ससुरा देवन यादव, किर्ते कागजात तयार गर्ने संजिव कुमार यादव, ज्वाई भारतिय नागरिक शिवनन्दन यादव कारागार चलान भएका हुन् ।
यस्तै सो कार्यमा सहयोग गर्ने स्थानिय सुरेश कुमार यादव पनि पक्राउ परेका थिए । उनले भने सफाई पाएका छन् ।
देवन यादव र उनका ज्वाई शिवनन्दन यादवलाई गत असार ३१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीको प्राङ्गणबाटै पक्राउ गरिएको थियो । वडा अध्यक्ष रामप्रसाद यादवको किर्ते हस्ताक्षरसहितको सिफारिस र अनुसूची फारमहरु बोकेर बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका बेला उनीहरु पक्राउ परेका थिए ।
नागरिकता लिन आउने व्यक्ति र सिफारिस पत्रमा गरिएको वडा अध्यक्षको हस्ताक्षर शंकास्पद भेटिएपछि वडा अध्यक्ष रामप्रसाद यादवलाई पनि झिकाइएको तर, वडा अध्यक्षले आफ्नो दस्तखत नभएको बताएपछि दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ