News Category 2078/04/29
समाज परिवर्तनका आन्दोलनमा युवाहरूलाई पछि पारिएको गुनासो
दैनिक समाचारदाता
राजबिराज, २८ साउन
राजनीतिक परिवर्तन युवाहरूको भुमिका उल्लेखनिय रहेपनि समाज परिवर्तनका आन्दोलनमा युवाहरूलाई पछि पार्ने गरिएको एक कार्यक्रम बिच युवाहरूले गुनासो गरेका छन ।
बिहिवार राजबिराजमा ‘खाद्य प्रणालीमा रूपान्तरण मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा दिवसमा यूवाहरुले उक्त गुनासो गरेका हुन् ।
सो अवसरमा सप्तरी प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले युवाहरूलाई बैदेशिक रोजगार भन्दा स्वदेश मै रोजगारको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका छन ।
उनले बिना सीप युवाहरू बिदेश जाने गरेको र भने अनुसार काम नपाउदाँ ठगिने गरेकोले युवालाई सीप मुलक रोजगार तर्फ आकर्सित बढाउनुपर्नेमा जोड दिए ।
सप्तरी युथका उपाध्यक्ष मोहन यादबले युवाहरूलाई राजनीतिक परिवर्तनका ठूलठुला आन्दोलन र क्रान्तिमा युवाहरूको उल्लेख्य भूमिका रहेपनि समाज परिवर्तनका आन्दोलनमा युवाहरूलाई पछि पार्ने गरिएको गुनासो गरे ।
सो अवसरमा युवा नेता तथा राजबिराज ५ का वडा अध्यक्ष समीर झाले राजनीतिमा दोस्रो पुस्ता नै नेतृत्वमा नपुगेको बेला युवा नेतृत्वको कुरा केवल कल्पना मात्र भएको बताउँदै युवालाई नेतृत्वको भुमिका दिनुपर्नेमा जोड दिए ।
अर्का युवा नेता तथा राजबिराज वडा ८ का अध्यक्ष जय नारायण मण्डलले युवालाई आन्दोलन, जुलुस र धर्नामा ढुंगा हान्नेदेखि सुरक्षा घेरा गर्न युवालाई प्रयोग गरिन्छ, तर देश विकास र सम्वृद्धिमा युवाहरूलाई अघि नबढाउँदा देश उभो नलागेको बताए ।
सप्तरी क्रिकेट संघका अध्यक्ष तथा सप्तरी युथका सचिव तथा कार्यक्रमका अध्यक्ष आयुष श्रेष्ठले कुलतमा लागेका युवाहरूलाई सुधार गर्न नत जनप्रतिनिधि, नत समाजले कुनै भुमिका नै खेलेको आरोप लगाउदै युवाहरूलाई कुलतबाट बचाउन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।
सो अवसरमा सामाजिक क्षेत्रतर्फ मोहम्मद जकाउला, सहकारी ब्यबस्थापन तर्फ बिनोद रजक, ब्यवसायतर्फ अमृत संचेती, कलाकारतर्फ रिन्जन कुमार शर्मा करण, खेलकुद तर्फ निरज यादबसहित पाँच जना युवाहरूलाई सम्मान गरिएको छ ।
विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ जना युवालाई प्रजिअ आचार्यले प्रमाणपत्र, मायाको चिनो, दोसल्ला ओढाएर सम्मान गरे ।
सप्तरी युथ नेपालको आयोजना तथा सेभ द चिल्ड्रेन, सबल नेपाल र सप्तरी क्रिकेट संघको समन्वयमा आयोजित कार्यक्रममा राष्ट्रिय अनुसन्धान उपनिर्देशक नरेश साह, सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, युथका सदस्य अमर यादब लगायतले युवाहरूको हकअधिकारको बारेमा बोलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ