News Category 2078/04/30
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
दैनिक समाचारदाता
राजबिराज, २९ शुक्रवार ।
सप्तरीमा शुक्रवारदेखी दोश्रो चरणको कोभिड–१९ बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्य सुरू गरिएको छ ।
१८ वटै पालिकामा पालिकाहरूले निर्धारण गरेको खोप केन्द्रवाट खोप लगाउन सुरू गरिएको स्वास्थ कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबले जानकारी दिएका छन ।
दुई दिनसम्म खोप लगाउने कार्यक्रम रहेकोमा यस पटक ५० बर्ष वा सो भन्दा माथि उमेरका ३९ हजार भन्दा बढीलाई खोप लगाईने कार्यक्रम रहेको प्रमुख यादबले बताए ।
यसअघि जिल्लामा भेरोसेल (चाइनिज) र जोनसन एण्ड जोनसन (अमेरिकन) खोप गरि ७५ हजार व्यक्तिले कोभिड–१९ विरुद्धको पुर्ण खोप लगाईसकेका छन् ।
यता कोभिसेल (भारतीय) खोप लगाएका २७ हजार ब्यक्ती दोश्रो मात्रा आउने पखाईमा छन । दोश्रो मात्राको भारतबाट आउने कोभिसेल लिन बाँकी २७ हजार जनालाई पनि छिट्टै खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पहिलो मात्रा लिइसकेका २७ हजार व्यक्तिलाई खोप लगाउन ढिलाई भएकाले दोश्रो मात्रा बारे मन्त्रालयमा पहल भइरहेको छ ।
जिल्लामा सबै उमेर समुहका लागी करिब ६ लाख ५० हजार खोप आवश्यक रहेपनि हालसम्म कुल जनसंख्याको करिब ११ दशमलब ५ प्रतिशतले मात्र कोभिड–१९ विरुद्धको खोप पाएको उनको भनाई छ ।
कोरोना भाईरसको उपचारका लागी निश्चित औषधी नभएका कारण यसको रोकथाम गर्न निर्माण भएको खोप चिन, अमेरिका र भारतबाट सरकारले झिकाउने गरेको उनले जानकारी दिए ।
सप्तरीमा कोरोना भाईरसको संक्रमण सुरु भएदेखि हालसम्म पहिलो चरणमा ४२ र दोश्रो चरणमा १ सय १५ गरी १ सय ५७ जनाको मृत्यु भई सकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ