News Category 2078/04/31
सप्तरीका थप दुई संक्रमितको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
सप्तरीका एक महिला र एक पुरुष गरि थप दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।
होम आइसोलेसनमा बसेकी जिल्लाको सुरुङ्गा नगरपालिका २ की ५८ वर्षीया महिला तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा रहेका विष्णुपुर गाउँपालिका ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
साउन २५ गते संक्रमित भएर होम आइसोलेसनमा बसेको बेला सुरुङ्गाकी ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै बिरामी भएर उपचारका लागि धरान गएका विष्णुपुर गाउँपालिकाका पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा राखेर उनको उपचार गरिरहेकै क्रममा आइतबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ