News Category 2078/05/02
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको एक सय ५० घर डुवानमा, ६ घर ढले

दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
जिता नदीमा आएको बाढीले तटबन्ध भत्काउदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ स्थित को. बर्साइनको दलित वस्तीमा पानी पस्दा १ सय ५० घर डुवानमा परेको छ ।
सोमबार रातीदेखी परेको वर्षाका कारण मंगलबार बिहान १० बजे दलित वस्तीमा पानी पस्दा खंग टोल, राम टोल र सरदार टोलका १ सय ५० घर डुवानमा परेको हो ।
बाढीले फुसको संरचना भएका ६ वटा घर समेत ढलेका छन् । बाढीले सो वडा र आसपासका करिब सयौं विगहा धान खेत समेत डुवानमा परि लाखौंको अन्नबाली नोक्सान भएको छ । बस्तीका घर घरमा बाढीको पानी पसेपछि पीडितहरु पशु चौपाया र सम्पत्ति जोगाउन सुरक्षित स्थानतर्फ लागेका छन् ।
गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बाध भत्किएर बस्तीमा पानी पसेपछि राहत तथा उद्धारका लागि पीडितहरुको नामावली संकलन तथा राहत उपलब्ध गराउन आवश्यक पहल सुरु गरिएको बताएका छन् ।
उनले पहिले अति प्रभावित र जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा पुर्याउने काम थालेको तथा बाढी प्रभावित घरधनीहरुको नामावली संकलनका लागि गाउँपालिकाबाट कृषि विकास अधिकृत उदयकान्त झाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीलाई परिचालन गरिएको जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा निरिक्षणका लागि पुगेका गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले तटबन्ध भत्किएपछि पसेको बाढीले ६ घर ढलेको तथा घरमा पानी पस्दा खाना पकाउन तथा खानेपानीको ट्यूबेल डुबानमा पर्दा स्वच्छ खानेपानीको समस्या उत्पन्न भएको जानकारी दिए ।
यता बस्तीमा बाढी पसेको भनी प्रहरी चौकी को. बर्साइनबाट जानकारी प्राप्त हुनासाथ गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र साह सहितको टोलीले डुबानमा परेको वस्तीको घरघर गएर अवस्थाको अवलोकन गरेका छन् ।
वर्षायाममा जिल्लास्थित खाडो, जिता, त्रियुगा, खडक, सप्तकोशी लगायतका नदीमा आउने बाढीले जिल्लामा ठूलो जनधनको क्षति हुने गरेको छ । यसरी हरेक वर्ष ती नदी खोलाहरुमा आउने बाढीका कारण हुने क्षतिप्रति तथा त्यसको समाधानका लागि दिर्घकालिन नीति बनाउनु आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ