News Category 2078/05/02
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको एक सय ५० घर डुवानमा, ६ घर ढले
दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
जिता नदीमा आएको बाढीले तटबन्ध भत्काउदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ स्थित को. बर्साइनको दलित वस्तीमा पानी पस्दा १ सय ५० घर डुवानमा परेको छ ।
सोमबार रातीदेखी परेको वर्षाका कारण मंगलबार बिहान १० बजे दलित वस्तीमा पानी पस्दा खंग टोल, राम टोल र सरदार टोलका १ सय ५० घर डुवानमा परेको हो ।
बाढीले फुसको संरचना भएका ६ वटा घर समेत ढलेका छन् । बाढीले सो वडा र आसपासका करिब सयौं विगहा धान खेत समेत डुवानमा परि लाखौंको अन्नबाली नोक्सान भएको छ । बस्तीका घर घरमा बाढीको पानी पसेपछि पीडितहरु पशु चौपाया र सम्पत्ति जोगाउन सुरक्षित स्थानतर्फ लागेका छन् ।
गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बाध भत्किएर बस्तीमा पानी पसेपछि राहत तथा उद्धारका लागि पीडितहरुको नामावली संकलन तथा राहत उपलब्ध गराउन आवश्यक पहल सुरु गरिएको बताएका छन् ।
उनले पहिले अति प्रभावित र जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा पुर्याउने काम थालेको तथा बाढी प्रभावित घरधनीहरुको नामावली संकलनका लागि गाउँपालिकाबाट कृषि विकास अधिकृत उदयकान्त झाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीलाई परिचालन गरिएको जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा निरिक्षणका लागि पुगेका गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले तटबन्ध भत्किएपछि पसेको बाढीले ६ घर ढलेको तथा घरमा पानी पस्दा खाना पकाउन तथा खानेपानीको ट्यूबेल डुबानमा पर्दा स्वच्छ खानेपानीको समस्या उत्पन्न भएको जानकारी दिए ।
यता बस्तीमा बाढी पसेको भनी प्रहरी चौकी को. बर्साइनबाट जानकारी प्राप्त हुनासाथ गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र साह सहितको टोलीले डुबानमा परेको वस्तीको घरघर गएर अवस्थाको अवलोकन गरेका छन् ।
वर्षायाममा जिल्लास्थित खाडो, जिता, त्रियुगा, खडक, सप्तकोशी लगायतका नदीमा आउने बाढीले जिल्लामा ठूलो जनधनको क्षति हुने गरेको छ । यसरी हरेक वर्ष ती नदी खोलाहरुमा आउने बाढीका कारण हुने क्षतिप्रति तथा त्यसको समाधानका लागि दिर्घकालिन नीति बनाउनु आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ