News Category 2078/05/02
क्यान्सर पीडित अमृताको ज्यान जोगियो
दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ छपकी टोलकी १५ वर्षिया क्यान्सर पीडित अमृता शर्माको ज्यान जोगिएको छ ।
घाटीको दुबै भागमा थाइराइड क्यान्सरले पीडित अमृताको उपचारका लागि जिल्लाको बलान बिहुल गाउँपालिकास्थित बेल्ही यूथ क्लब सप्तरी नामक संस्थाले अगुवाई गरि सहयोग जुटाउन थालेपछि अमृताको ज्यान जोगिएको हो ।
उनको मंगलबार चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा डा. अनिल बिक्रम कार्की नेतृत्वको पाँच सदस्यीय चिकित्सक टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको छ ।
चिकित्सकले अमृता खतरामुक्त रहेपनि उपचार अझ डेढ दुई महिना लम्बिने र यसमा पाँच देखी ६ लाख रुँपैया कुल खर्च लाग्ने बताएको क्लबका अध्यक्ष प्रमोद कुमार साहले जानकारी दिए । बुधबार सम्ममा विभिन्न दाताहरुबाट ५२ हजार रुँपैया संकलन गरिएको अभियानका अर्का अगुवा एवं क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव शंकरले बताए ।
अमृता विगत ६ वर्षदेखी घाटीको क्यानसर रोगले पीडित थिइन् । सम्पत्तिको नाममा केही नभएर ऐलानी जग्गामा फुसको घर बनाई बस्दै आएका शर्मा परिवारमा दुई वर्षअघि अर्को बज्रपात भयो । अर्काको खेतमा मजदुरी गरि परिवार पाल्दै आएका अमृताका बुबा महादेवको दुई वर्षअघि सडक दुर्घटनामा परि मृत्यु भएपछि विचल्लीमा परेका परिवार अमृताको उपचार कसरी गर्ने भन्ने चिन्तामा समेत डुबेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ