News Category 2078/05/03
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
सप्तरीमा चालु आर्थिक वर्षको एक महिना ३ दिनको अवधीमा डुबेर दुई बालबालिकासहित ५ जनाको ज्यान गएको छ ।
यसअघि जिल्लामा गत आ.ब. २०७७/७८ मा नदी, खोला, पोखरी, खाल्डो तथा नालामा डुबेर १४ बालबालिकासहित २७ जनाको मृत्यु भएको थियो ।
यसैबीच बिहीबार जिल्लाको महदेवा गाउँपालिका ४ बस्ने सुवन कामैतकी ५ वर्षिया छोरी सोनमको नुहाउने क्रममा ज्यान गएको छ । आमासँग पोखरीमा नुहाउँदै गरेकी ती अवोध बालिकाको डुबेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार घर नजिकै रहेको खुदन तिवारीको पोखरीमा आमासँग नुहाउँदै गरेको बेला अचानक डुबेर मृत्यु भएको हो ।
आमाले आवश्यक सतर्कता र निगरानी गर्न नसक्दा सो दु:खद घटना भएको उनको भनाई छ । घटना बारे थाहा पाएपछि पुगेको प्रहरी टोलीले मृतक बालिकाको शव आवश्यक कानुनी प्रक्रियाका साथ पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार २०७७ असारमा २, साउनमा १, भदौंमा २, असोजमा ३, कात्तिकमा २, मंसिर, पुस र माघमा क्रमश १/१, फागुनमा ३ जनाको पोखरीमा डुबेर ज्यान गएको छ । यस्तै २०७८ बैशाखमा २ र जेठमा ४ जना गरि २२ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
यता अभिभावकले निगरानी गर्न नसक्दा यस्ता अप्रिय घटना बढेकोमा चिन्ता व्यक्त गर्दै प्रहरी उपरिक्षक राजेन्द्र धमलाले यसतर्फ अभिभावक जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ