News Category 2078/05/04
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण

दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढी पीडित व्यक्तिहरुलाई राहत वितरण गरिएको छ । बाढी पीडित बासिन्दाहरुलाई गाउँपालिकाबाट राहत वितरण गरिएको हो ।
अबिरल बर्षाको कारण मंगलबार जिता नदीमा आएको बाढीले पश्चिमी तटबन्ध भत्काउँदा गाउँपालिका वडा नं. ५ स्थित को. बर्साइनका राम टोल, खंग टोल र सरदार टोलमा बाढी पस्दा १ सय ३३ घर डुबानमा परेको थियो ।
बाढी पीडितप्रति परिवार २५ किलो चामल, ५ किलो भुजा (मुरही), एक किलो सोयाबिन, एक किलो नुन, चार वटा साबुन र एक्वा ट्याबवितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् । एक्वाट्याब सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले उपलब्ध गराएको थियो ।
राहत वितरण कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र साह, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, स्वास्थ्य शाखा संयोजक शैलेश कुमार मिश्र, कृषि विकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका विष्णुकान्त देव, दुर्गानन्द शर्मासहितको सहभागिता रहेको थियो ।
बाढी प्रभावितहरुको नामावली संकलनका लागि गाउँपालिकाबाट कृषि विकास अधिकृत उदयकान्त झाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीलाई परिचालन गरिएको थियो ।
यता बाढीले भत्काएको बाँध एक दुई दिनभित्रै निर्माण गरिने बताउँदै गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बाँध निर्माणको लागि आवश्यक बोरा र जाली प्रहरी चौकीको. बर्साइनमा राखिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ