News Category 2078/05/04
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
तीन जना सवार मोटरसाईकल दुृर्घट्नामा परि शुक्रबार एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाईते भएका छन भने अर्का फरार छन् ।
राजविराज हनुमाननगर सडकखण्डस्थित वडा नं. १५ खाँडो खोला पुल नजिकै शुक्रबार बिहान अनटेष्ट मोटरसाईकल दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तीन जना सवार मोटरसाईकल अनियन्त्रीत भएर खाँडो नदी मै पसे पछि मोटरसाईकल चालक राजविराज नगरपालिका ११ झलही फर्सैठ निवासी २६ वर्षिय विनोद सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
मोटरसाइकलको पछिल्लो सीटमा सवार सोही वडा निवासी २१ वर्षिय गौतम सदा घाइते भएका छन् । अर्का सवार धनराज सदा भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
तीन जना सवार तथा अत्याधिक मदिरा सेवनका कारण चालकले नियन्त्रण गुमाउदा गाडी खाडो नदीमा पसेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ