News Category 2078/05/04
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार

दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
तीन जना सवार मोटरसाईकल दुृर्घट्नामा परि शुक्रबार एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाईते भएका छन भने अर्का फरार छन् ।
राजविराज हनुमाननगर सडकखण्डस्थित वडा नं. १५ खाँडो खोला पुल नजिकै शुक्रबार बिहान अनटेष्ट मोटरसाईकल दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तीन जना सवार मोटरसाईकल अनियन्त्रीत भएर खाँडो नदी मै पसे पछि मोटरसाईकल चालक राजविराज नगरपालिका ११ झलही फर्सैठ निवासी २६ वर्षिय विनोद सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
मोटरसाइकलको पछिल्लो सीटमा सवार सोही वडा निवासी २१ वर्षिय गौतम सदा घाइते भएका छन् । अर्का सवार धनराज सदा भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
तीन जना सवार तथा अत्याधिक मदिरा सेवनका कारण चालकले नियन्त्रण गुमाउदा गाडी खाडो नदीमा पसेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ