News Category 2078/05/06
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
राजविराज/सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा बाढी आउँदा स्थानियहरु रातभर जाग्राम बस्न बाध्य छन् । सो गाउँमा बर्षेणी बाढी आउने गर्दछ ।
चारैतिर सप्तकोशी नदीले घेरिएको सो गाउँमा शुक्रबार पनि विगतका वर्ष झैं यस वर्ष पनि बाढी पस्दा चार जनाको घर भत्काउनुका साथै चार दर्जन घर जलमग्न भएपछि स्थानिय त्रसित भएका छन् ।
बाढी पसेपछि गाउँकै उच्च स्थानमा रहेको राष्ट्रिय प्राथमिक आधारभुत विद्यालयमा आश्रय लिन पुगेका सबै परिवार भने पानी घट्दै गएपनि शनिबार घर फर्किएको नगर प्रमुख शैलेश साहले जानकारी दिएका छन् ।
वर्षा भए फेरी डुवान पर्ने जोखिम कायमै रहेकाले त्रासमा आफूहरु रातमा जाग्राम बस्न थालेको स्थानिय हरि यादवले सुनाए । वर्षासँगै सप्तकोशीको बाढी कुनै बेला पनि फेरी आउन सक्ने भएकाले रातभर जाग्राम बस्न बाध्य छन् उनीहरु ।
यता जोखिमलाई ध्यानमा राख्दै सो बस्तीमा आवश्यक पर्ने डुङ्गा तयारी अवस्थामा राखिएको नगर प्रमुख साहले बताए । वडा अध्यक्ष यादवले नगरपालिकाबाट ६ वटा डुङ्गा सहयोग स्वरुप प्राप्त भएको र सो ढुङ्गाहरु बस्तीमै तयारी अवस्थामा राखिएको जानकारी दिए ।
सुख्खायाममा पैदल, बयलगाढा, मोटरसाइकल, ट्याक्टर तथा वर्षायाममा डुङ्गाले मात्र आवतजावत हुने गोबरगाढा गाउँमा बाढी पसेको यो पहिलो होइन् । प्रत्येक वर्ष वर्षायाममा सो गाउँको पूरानो बस्ती मानिएको उक्त बस्तीमा वर्षायामसँगै बाढी पस्ने र स्थानिय बिस्थापित हुने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ