News Category 2078/05/07
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
सप्तरीमा एक होटल संचालक ठूलो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन् ।
जिल्लाको कंचनरुप नगरपालिका २ बरमझियास्थित संगम फास्ट फुड एण्ड मदिरा होटलका संचालक २८ वर्षिय जयराम यादवलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो ।
होटलको आडमा लागु औषधको कारोबार समेत संचालन गर्दै आएका होटल संचालक यादवलाई ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टोलीले गोप्य सुचनाको आधारमा शनिवार राती होटलमा छापामारी पक्राउ गरेको हो ।
प्रहरीले होटलबाट लुकाई राखिएको अवस्थामा नाट्रोसन १० ट्याब्लेट ६ सय १० थान, एस्पामोप्रोक्सीभन प्लस ३ सय १० थान, डाईलेक्सडिसी एकसय एमएल ८ बोतल, सुई १ र ३ थान बरामद गरेको छ ।
त्यस्तै प्रयोगमा ल्याईसकेका नाइट्रोसन १० ट्याब्लेटको खाली खोल ४१, एसपासमो प्रोक्सीभन २०, डाएलेसीस डिसी १०० एमएल ८ र कोडीबेल १०० एमएलका १ वटा खाली बोतल समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका ब्यक्ती र बरामद लागु औषधको विवरण आईतवार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफलेले उक्त होटलमा भारतबाट लुकाई छिपाई लागु औषध ल्याउने र बिक्री गर्ने गोप्य सुचना आएपछि छापामारी मारिएको जानकारी दिए ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा राखी लागु औषध मुद्दामा अनुसन्धान र कार्यवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ