News Category 2078/05/07
नगरका सडकहरु डुवानमा

दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
नेपालकै पुरानो मध्ये एक राजविराज नगरपालिकाको विकास कार्यले तिब्रता पाउन नसक्दा नगर क्षेत्रका सडकहरु वर्षायाममा डुवानमा पर्ने गरेका छन् ।
भारतको गुलाबी नगरले परिचित जयपुरको नक्शामा आधारित मुलुककै पहिलो टाउन प्लानिङ शहर राजविराज बि.स. २०१६ सालमा नगरपालिका घोषित भएको हो ।
पुरानो नगरपालिकाको रुपमा परिचित यस नगरपालिकाको विकास कार्य कछुवागतिमा हुँदा अहिले यो शहर अव्यवस्थित हुन पुगेको छ । सुख्खायाममा धुलो र वर्षायाममा पानी र हिलाम्मे हुने नगरको सडकहरुका कारण स्थानीयले सास्ती व्यहोर्नु परेको छ ।
नगर प्रवेश गर्ने रुपनी सडक, कंचनपुर सडक, छिन्नमस्ता सडक, हनुमाननगर सडक, सिरहा रोड लगायत अधिकांश भित्री सडकको हाल बेहाल छ । सडकमा परेका खाल्डाखुल्डीले तथा सडक हुँदै बग्ने पानीले साना ठूला सवारीसाधान मात्र होइन पैदल आवतजावतमा समेत सकस हुने गरेको छ । सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमेका कारण सवारीसाधन गुड्न निकै समस्या हुने गरेको छ भने पैदल आवतजावत गर्दा हातमा चप्पल जुत्ता बोक्नु पर्ने बाध्यता छ ।
मुख्य बजार क्षेत्रकै सडक पनि जिर्ण भएका कारण दर्जनौं खाल्डा छन् । सोमबार बिहान भएको वर्षाले नगरको सबै सडकहरुमा पानी जमेको छ भने सडकहरु हिलाम्मे समेत बनेको छ । एकातिर सडकमा जताततै खाल्डाखुल्डी अर्कोतिर जमेको पानी निकासको व्यवस्था नहुँदा आवागमनमा निकै समस्या भएको छ ।
नाला निर्माण भइरहेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी थप समस्यामा परेका छन् । जथाभावी फ्यालिएको फोहरको उचित व्यवस्थापन हुन नसक्दा अहिले सडकमा जमेको पानीमा ती फोहर मिसिएर फैलिदा रोग फैलिन सम्भावना समेत बढेको छ । फोहरका कारण भएका नालाहरु समेत पुरिएको छ ।
यता नगर बाहिरको ग्रामिण सडकहरुको अवस्था पनि नगरका सडकहरु भन्दा कम छैन् । जतागयो उतै हिलो नै हिलो रहेको स्थानियको भनाई छ । सडक दुरावस्थाबारे जनप्रतिनिधि, सडक विभाग र ठेकेदार सबै जानकार छन् । तर, कसैले पनि विकास कार्यमा गम्भिरता देखाउन सकिरहेका छैनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ