News Category 2078/05/09
आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते

दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
आफैले चलाएको ट्रक रोकिराखेको ट्याङकरमा ठोकिदा छोरीको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा सडकखण्डमा सोमबार राती भएको उक्त दुर्घटनामा सुनसरीको रामधुनी इराही नगरपालिका ४ की ९ वर्षिया मेनुका चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राती १२ बजेतिर कदमाहा चौक नजिकै रहेको दिलिप एण्ड ब्रदर्श पेट्रोल पम्प नजिक रोकिराखेको को.१ख. ६९५६ नं को तेल ट्याङकरमा ना.८ख. ३४२२ नं. को ट्रक ठोकिदा ट्रकमा सवार मेनुकाको घटनास्थलमै मृत्यु भएको हो ।
आफन्त कहाँ भएको एक समारोहमा सपरिवार सहभागि भई फर्किदै गर्दा सो दुर्घटना भएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लले ट्रकका चालक मृतकका बुबा आशाराम, आमा चन्द्रकला र दाजु आशिष घाइते भएकाले उनीहरुलाई सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि भर्ना गराएको जानकारी दिएका छन् ।
यता घटनापछि ट्याङकर चालक फरार भएको तथा दुबै गाडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ