News Category 2078/05/12
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा एक करोड बढीको अनियमितता
राजविराज÷सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक वडामा सामाजिक सुरक्षा भत्ता वितरणमा कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा एक करोड बढी रकमको अनियमितता भएको छ ।
सो नगरपालिका २ भुतहीका कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा उक्त शिर्षकमा किर्ते गरी १ करोड १२ लाख ३२ हजार रुपैयाँको अनियमितता भएको हो ।
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा मृत्यु भएका र वडाका ब्यक्ति नै नभएकाको नागरिकतामा उमेर समेत परिवर्तन गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी अनियमितता भएको हो । सो विषयमा स्थानीयले उच्च अदालतको राजविराज इजलासमा मुद्दा हालेपछि यो तथ्य खुलेको हो ।
अदालतकै आदेशको आधारमा सप्तरी प्रहरीले अहिले वडा सचिव विनोद ठाकुरलाई पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आर्थिक वर्ष २०७४÷७५ देखि नै उक्त वडाको ७८ जनाले एक चौमासिकमा ९ लाख ३६ हजार बुझेका छन् । यसरी पछिल्लो चार आर्थिक वर्षको १२ चौमासिकमा १ करोड १२ लाख ३२ हजार निकासा भएको देखिन्छ ।
किर्ते गरी सामाजिक सुरक्षा भत्ता अनियमिततामा वडा सचिवसँगै खरिदार जगदिश यादव, वडा अध्यक्ष रहमान मियाँ र वडा सदस्य बेचन यादवकोसमेत संलग्नता रहेको पाईएको छ ।
यता वडा अध्यक्ष, सदस्य र खरिदार फरार रहेको जनाउँदै प्रहरीले फरार भएकाहरुको खोजी भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ