News Category 2078/05/13
सप्तरीमा नीजि विद्यालयहरु संचालन गर्ने निर्णय, प्रजिअ भन्छन् : जोखिम कायमै रहेकोले विद्यालय खोल्न मिल्दैन

दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
कोभिड १९ ले लामो समयदेखी बन्द रहेका सप्तरीका नीजि विद्यालयहरुले बुधबार भदौं १६ गतेदेखी संचालन गर्ने निर्णय गरेका छन् ।
नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन, नेशनल प्याब्सन र नेपाल प्याब्सन सप्तरीले आइतबार संयुक्त विज्ञप्ति जारि गर्दै कोभिड १९ को संक्रमण दर प्रदेश २ मा ५ प्रतिशत भन्दा कम तथा सप्तरीमा लगभग शुन्य प्रतिशतमा रहेको दाबी गर्दै विद्यालय संचालन गर्ने निर्णय गरिएको जनाइएको छ ।
सोही विज्ञप्तिमा बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक तथा सामाजिक विकासलाई ध्यानमा राखि भौतिक उपस्थितिमा विद्यालय संचालन बाहेक अन्य विकल्प नरहेको जनाउँदै स्वास्थ्य मापदण्ड मास्क, सामाजिक दुरी तथा सेनिटाइजर कडाईका साथ पालना गर्ने प्रतिबद्धता जनाइएको छ ।
विद्यालयहरुले अनुकुल समयमा दैनिक कक्षा संचालन गर्न गराउन सम्पूर्ण आवद्ध विद्यालयहरुलाई जानकारी गराउँदै विज्ञप्तिमा विद्यालय संचालनका लागि प्रत्यक्ष रुपमा वातावरण बनाउने तथा सहमति दिने जिल्लाका सबै पालिका, प्रमुख तथा जिल्ला प्रशासन, संचारकर्मी तथा अन्य सरोकारवालाप्रति आभार समेत प्रकट गरेको छ ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लामा कोभिड १९ को जोखिम कायमै रहेकोले तत्कालै विद्यालय खोल्ने अवस्था नरहेको जानकारी दिएका छन् । प्रजिअ आचार्यले आउँदो दिनमा कोभिडको जोखिम अझ बढ्न सक्ने भन्दै जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गर्दै सम्पूर्ण स्थानिय तहलाई विद्यालय नखोल्न आग्रह गर्दै पत्राचार समेत गरेको बताए ।
स्थानिय सरकार ऐन अन्तरगत विद्यालय संचालन गर्ने निर्णय स्थानिय तहलाई रहेको भन्दै प्रजिअ आचार्यले यदी विद्यालय संचालन भएमा सम्पूर्ण जोखिमको जवाफदेहिता स्थानिय तह तथा सम्बन्धीत विद्यालयकै हुने समेत बताए ।
यस्तै राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै निर्णय नभएको भन्दै छिटै नै यस सम्बन्धमा सबै पालिकाको बैठक बसी निर्णय गरिने जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
- 2082/02/07 झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
- 2082/02/07 फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
- 2082/02/07 शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
- 2082/02/07 अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ