News Category 2078/05/14
लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीको कार्यालय उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १४ भदौं ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीको सोमबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको छ । कार्यालय उदघाटनसँगै पार्टीको झन्डोत्तोलन पनि गरिएको छ ।
राष्ट्रियसभा सदस्य तथा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य शेखर कुमार सिँह तथा संघिय सांसद तथा कार्यकारणी समिति सदस्य चन्द्रकान्त चौधरीले संयुक्त रुपमा राजबिराज वडा नं. ३ स्थित कार्यालयको उद्घाटनसँगै झन्डोत्तोलन गरेका हुन् ।
सो अवसरमा राष्ट्रियसभा सदस्य शेखर कुमार सिँहले लोसपाले उत्पीडित, उपेक्षित र सीमान्तकृत समुदायको उत्थान र विभेद उन्मुक्तिको अभियानमा कुनै पनि नेता तथा कार्यकर्तालाई बिचलि नभई एकजुट हुन अपिल गरेका छन् ।
कार्यक्रममा संघिय सांसद तथा अर्का कार्यकारणी समिति सदस्य चन्द्रकान्त चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीले आदर्श र मधेसी, थारु, आदिवासी, जनजाति, मुस्लिम, सिल्पी (दलित) खस लगायत सबै वर्गको उत्थान र विभेद उन्मुक्तिको अभियानमा लाग्न आग्रह गरे ।
सांसद चौधरीले लोसपा पार्टी बिराएका नेता तथा कार्यकर्तालाई प्रलोभनमा नपरी पार्टीमा फर्कन आग्रह पनि गरे ।
राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीले लोकतन्त्र र समाजवादी लोक कल्याणकारी संघीय, समावेशी राज्यपूर्ण प्रतिबद्धता संगै लोकतान्त्रिक समाजवादी पार्टी स्थापनाले लोकतन्त्र, समानता, विविधता, समावेशीकरण, सम्मानित, उत्पीडित सबै क्षेत्र र वर्गको राज्य व्यवस्था प्राप्त हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा लोसपाका नेता तथा जिसस प्रमुख प्रभाकर यादब, लोसपा नेता जयप्रकाश ठाकुर, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, छिनमस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, पार्टी नेता दिनेश यादब, गजेन्द्र कुमार मण्डल, सुनिल झा, अमरनाथ मण्डल, रामप्रित यादब, रूपनी गाउँपालिका वडा नं. १ अध्यक्ष पिताम्वर यादब, दिपेन्द्र चौधरी, जागेश्वर राय, जिसस सदस्य लक्ष्मी साफी, युवा नेता रमानन्द यादब, बिद्यानन्द चौधरी, सफिद मन्सुरी लगायतले पार्टीको अभियानसँगै सफलता र प्रगतिशील अभियानका लागि सबैलाई एकजुट हुन आग्रह गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ