News Category 2078/05/15
तीज महोत्सव मूल समारोह समिति गठन
_b86.jpg)
दैनिक समाचारदाता
राजविराज, १५ भदौं ।
तीज महोत्सवका लागि राजविराजमा मंगलबार सम्पन्न एक भेलाले तीज महोत्सव मूल समारोह समिति गठन गरेको छ ।
राजविराज जेसीजकी निवर्तमान अध्यक्ष पुनम पोखरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको हो । कोषाध्यक्षमा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष ललीता कर्ण र सदस्यहरूमा महिला मानव अधिकार रक्षक सञ्जालकी गीता पाण्डे, राजविराज जेसीजकी रञ्जना चौधरी र माडवारी महिला मञ्चकी रिया राय सञ्चेती रहेकी छिन् ।
समितिले प्रतियोगितात्मक मौलिक तीज गीत तथा नृत्य कार्यक्रमका विजेता समुहलाई पुरस्कार वितरण गर्ने तथा रेकर्ड गीतमा नृत्यु गर्नेमध्ये उत्कृष्ठलाई बिशेष उपहार प्रदान गर्ने जनाएको छ ।
वैठकले महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा २१ सदस्य रहेको व्यवस्थापन समिति समेत गठन गरेको छ । तीज महोत्सवलाई थप व्यवस्थित गर्न आगामी वैठकले पुरस्कार उपसमिति, प्रचार प्रसार उपसमिति र मञ्च व्यवस्थापन उपसमिति गठन गर्ने जनाएको छ ।
राजविराज जेसीजको संलग्नतामा महिला अधिकारकर्मीहरुले पछिल्लो केही वर्षदेखि मनाउँदै आएको तीज महोत्सव गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन् ।
प्रतियोगितामा सहभागी हुन चाहने ३ जनाको समूहले मनको पीडा र भोगेका वेदना, खुशी र समस्यालाई मौलिक गीत–नृत्यमार्फत प्रस्तुती दिनु पर्ने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ