News Category 2078/05/15
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै निर्णय भएको छैन् : नगरप्रमुख यादव
दैनिक समाचारदाता
राजविराज, १५ भदौं ।
सप्तरीका नीजि विद्यालयहरुको छाता संगठनहरुले आजदेखी विद्यालयहरु खोल्ने गरेको निर्णयप्रति स्थानिय पालिकाले हालसम्म स्वीकृती दिएको छैन् ।
नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन, नेशनल प्याब्सन र नेपाल प्याब्सन सप्तरीले आइतबार संयुक्त विज्ञप्ति जारि गर्दै कोभिड १९ को संक्रमण दर प्रदेश २ मा ५ प्रतिशत भन्दा कम तथा सप्तरीमा लगभग शुन्य प्रतिशतमा रहेको दाबी गर्दै बुधबारदेखी विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।
यता राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै निर्णय नभएको भन्दै मौखिक रुपमा कक्षा ८, ९ र १० सम्म संचालन गर्न भनिएको जानकारी दिएका छन् । कार्यव्यस्ताका कारण सबै पालिकाका प्रमुखहरुको बैठक बस्न नसकेकोले चाडैं नै विद्यालय संचालन सम्बन्धी निर्णय लिने उनको भनाई छ ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लामा कोभिड १९ को जोखिम कायमै रहेकोले तत्कालै विद्यालय खोल्ने अवस्था नरहेको जानकारी दिएका छन् ।
प्रजिअ आचार्यले आउँदो दिनमा कोभिडको जोखिम अझ बढ्न सक्ने भन्दै जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गर्दै सम्पूर्ण स्थानिय तहलाई विद्यालय नखोल्न आग्रह गर्दै पत्राचार समेत गरेको बताए ।
उनले स्थानिय सरकार ऐन अन्तरगत विद्यालय संचालन गर्ने निर्णय स्थानिय तहलाई रहेको जानकारी समेत दिए ।
यसअघि नै जिल्लाको सुरुङ्गा नगरपालिकाका सबै नीजिक विद्यालयहरु गत साउन १५ गतेदेखी नै संचालनमा आइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ