News Category 2078/05/15
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै निर्णय भएको छैन् : नगरप्रमुख यादव

दैनिक समाचारदाता
राजविराज, १५ भदौं ।
सप्तरीका नीजि विद्यालयहरुको छाता संगठनहरुले आजदेखी विद्यालयहरु खोल्ने गरेको निर्णयप्रति स्थानिय पालिकाले हालसम्म स्वीकृती दिएको छैन् ।
नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन, नेशनल प्याब्सन र नेपाल प्याब्सन सप्तरीले आइतबार संयुक्त विज्ञप्ति जारि गर्दै कोभिड १९ को संक्रमण दर प्रदेश २ मा ५ प्रतिशत भन्दा कम तथा सप्तरीमा लगभग शुन्य प्रतिशतमा रहेको दाबी गर्दै बुधबारदेखी विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।
यता राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै निर्णय नभएको भन्दै मौखिक रुपमा कक्षा ८, ९ र १० सम्म संचालन गर्न भनिएको जानकारी दिएका छन् । कार्यव्यस्ताका कारण सबै पालिकाका प्रमुखहरुको बैठक बस्न नसकेकोले चाडैं नै विद्यालय संचालन सम्बन्धी निर्णय लिने उनको भनाई छ ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लामा कोभिड १९ को जोखिम कायमै रहेकोले तत्कालै विद्यालय खोल्ने अवस्था नरहेको जानकारी दिएका छन् ।
प्रजिअ आचार्यले आउँदो दिनमा कोभिडको जोखिम अझ बढ्न सक्ने भन्दै जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गर्दै सम्पूर्ण स्थानिय तहलाई विद्यालय नखोल्न आग्रह गर्दै पत्राचार समेत गरेको बताए ।
उनले स्थानिय सरकार ऐन अन्तरगत विद्यालय संचालन गर्ने निर्णय स्थानिय तहलाई रहेको जानकारी समेत दिए ।
यसअघि नै जिल्लाको सुरुङ्गा नगरपालिकाका सबै नीजिक विद्यालयहरु गत साउन १५ गतेदेखी नै संचालनमा आइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ