News Category 2078/05/21
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप

दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
सप्तरीको डाक्नेश्वारी नगरपालिकाकी कंचन कुमारी यादबको हत्या गरेको आरोप लागेका बिनिता यादवलाई उच्च अदालत जनकपुर–राजबिराज इजलाशले जिल्ला अदालतको फैसलालाई नै सदर गरि धरौटी बुझाएर छोड्न आदेशप्रति पीडित पक्षले आपति जनाएको छ ।
सोमवार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा आयोजित पत्रकार सम्मेलनमा मृतक कंचनका भाइ सिद्धान्तराज यादबले अदालतले गरेको उक्त फैसलाले आफु अन्याय परेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उच्च अदालतबाट जिल्ला अदालतले असार २० गते गरेको फैसला सदर गरेपछि राजबिराज नगरपालिका ५ कि बिनिता यादव १ लाख ५० हजार धरौटी बुझाएर तारेखमा रिहाई भएकी छिन् ।
उच्च अदालतमा मुद्दाबारे बुझ्न जाँदा तपाईंको मुद्दा झरेको छ अर्कै दिन बेन्चमा जान्छ भनी झुक्याएर पठाए, पीडित सिद्धान्तराजले भने, आफू फर्किएर आएपछि साँझ ५ बजे छलेर दिदीको हत्यारालाई उन्मुक्ति दिने फैसला गर्यो । पीडित यादवले आफ्ना पक्षका वकिललाई बहस गर्ने अबसर नै नदिई हतारमा निर्णय गरेको भन्दै असन्तुष्टि जनाए ।
पीडित पक्षले उच्च अदालतका न्यायाधीशद्वय शान्तिसिंह थापा र बासुदेव आचार्यले आफुलाई झुक्याएर जिल्ला अदालतको फैसलालाई सदर गरि अन्याय गरेको भन्दै न्यायका लागि संचारकर्मिहरूसँग आग्रह गरेका हुन् ।
प्रतिबादी बिनिता यादव मृतक कंचनको हत्यामा प्रत्यक्ष संलग्नता नदेखिएकोले धरौटी बुझाएर तारेखमा छोड्न जिल्ला न्यायाधीश ईश्वरमनी ओझाले गरेको आदेश सदर गदै उच्च अदालतले आदेश बेरितको नदेखिदा केही परिवर्तन गरिरहनु परेन भन्दै आदेशमा भनिएको छ ।
मुद्दा नेपाल सरकारबादी भएपनि आफुले निजी वकिललाई बहसका लागि राखेको बताउँदै पीडितले आफ्ना वकिललाई पनि झुक्याएर बहस गर्ने अबसरबाट बञ्चित गराएको गुनासो गरे ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलासामा २०६६ साल साउन १४ गते कंचन कुमारी यादवको आफ्नै श्रीमानले हत्या गरेका थिए । हत्याको आरोपमा उनका श्रीमान् अरबिन्द यादव पूर्पक्षका लागि राजबिराज कारागारमा छन् ।
मृतकका माईती पक्षले अरबिन्द र बिनिताको योजनामा कंचनको हत्या गरेको भन्दै उनीहरु विरुद्ध २०७६ सालमा मुद्दा दर्ता गराएका थिए । कंचनको मृत्युपछि बिनिता फरार रहेकी थिईन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ