News Category 2078/05/21
सप्तरी काँग्रेसका सभापति दिनेश यादव प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले १४ औं महाधिवेशनमा प्रदेश नं. २ को सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
पार्टीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सभापति यादवले सो घोषणा गर्दै सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।
आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि यहाँको फायल नै बन्द गरिएको उनले बताए ।
जिल्लाभित्र करीब ९ हजार नयाँ क्रियाशील सदस्यले पार्टीप्रति आस्था राख्दै त्यस बापतको शूल्क समेत तिरिसकेको अवस्थामा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले स्थगित गरेकोप्रति आपत्ति जनाए ।
क्रियाशील सदस्यता स्थगन गर्दा चार हजारको संख्यामा पार्टी प्रवेश गरेका व्यक्तिलाई ठाउँ दिन नसकिएको र मापदण्ड पनि पूरा नभएको सभापति यादवले बताए । जिल्लाका १ सय ६४ मध्ये ९१ वडामा यस्ता समस्या देखिएको बताउँदै सभापति यादवले सप्तरी जिल्लामा धेरै ठूलो अन्याय गरेकोले यसप्रति घोर भत्र्सना गरे ।
सो पत्रकार सम्मेलनमा तरुण दलका निवर्तमान केन्द्रिय सदस्य तथा २ नं. क्षेत्रका महासमिति सदस्य सनत मण्डल, क्षेत्र नं. २ का सभापति महानन्द यादव, क्षेत्र नं.३ का सभापति भगवती यादव, काँग्रेस सप्तरीका प्रवक्ता प्रभात ललनलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ