News Category 2078/05/21
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप

दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
सप्तरीको रुपनी गाउँपालिका ५ साविकको बसबिटी गाविस निवासी विशेश्वर साहले नापी कार्यालय राजविराजले अनाधिकृत रुपमा नम्बरी जग्गालाई बाटो कायम गरिदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पत्रकार सम्मेलनको आयोजना गरि जग्गाधनी साहले राजविराज नगरपालिका वडा नं. ७ साविकको वडा नं. १ मा रहेको १ कठ १५ धुर जग्गा मध्ये साढे ४ धुर जग्गालाई बाटो कायम गरि नापी गरिदिएको आरोप लगाए ।
उनले नापी शाखाका अधिकृत शत्रुधन प्रसाद यादव, अमिन नितिश कुमार मण्डल लगायतले आफुलाई थाहै नदिई सो जग्गालाई बाटो कायम गरि नापी दिएको गुनासो गरे । उनले स्थानिय रामप्रित मण्डल, वडा अध्यक्ष माँगिलाल नाई लगायतको मिलोमतोमा नापी अधिकृत यादवले रकमको प्रलोभनमा परि उक्त जग्गालाई नक्शामा बाटो देखाइदिएको आरोप समेत लगाए ।
बि.स. २००४ सालमा रहेको ब्लकको उक्त जग्गा २०३१ सालदेखी आफूले भोगचलन गर्दै आएको बताउँदै जग्गाधनी साहले हालपनि जग्गाको पूर्वमा सुशिला पाण्डे, पश्चिममा नाला, उत्तरमा बंगला तथा दक्षिणमा सुमित्रा पाण्डेको कित्ता भएको चौहदी प्रमाणित गरिएको कागजात रहेको बताए ।
चालु आ.ब. २०७८ साउन ३२ गते भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीमा राजविराज वडा नं. १ कित्ता नं. १५ मध्ये क्षेत्रफल १ कठ १५ धुर जग्गाको रु. ४४ मालपोत समेत तिरेको कागजात हुँदाहुँदै पनि नापी अधिकृत यादव र वडा अध्यक्ष नाईको मिलोमतोमा नम्बरी जग्गालाई बाटो कायम गरिदिएकोले आफू अन्यायमा परेको भन्दै संचारकर्मीसँग न्यायका लागि अपिल गरेका छन् ।
यसैबीच वडा अध्यक्ष माँगिलाल नाईले नम्बरी जग्गालाई बाटो कायम गर्ने विषय आफूलाई थाहा नभएको र नापीको आफ्नै नियम रहेकोले यस विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
उनले आफू कुनै रकमको प्रलोभनमा नपरेको दाबी गर्दै रकम लिएको प्रमाणित गर्न सम्बन्धीत पक्षसँग माग समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ