News Category 2078/05/21
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
सप्तरीको रुपनी गाउँपालिका ५ साविकको बसबिटी गाविस निवासी विशेश्वर साहले नापी कार्यालय राजविराजले अनाधिकृत रुपमा नम्बरी जग्गालाई बाटो कायम गरिदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पत्रकार सम्मेलनको आयोजना गरि जग्गाधनी साहले राजविराज नगरपालिका वडा नं. ७ साविकको वडा नं. १ मा रहेको १ कठ १५ धुर जग्गा मध्ये साढे ४ धुर जग्गालाई बाटो कायम गरि नापी गरिदिएको आरोप लगाए ।
उनले नापी शाखाका अधिकृत शत्रुधन प्रसाद यादव, अमिन नितिश कुमार मण्डल लगायतले आफुलाई थाहै नदिई सो जग्गालाई बाटो कायम गरि नापी दिएको गुनासो गरे । उनले स्थानिय रामप्रित मण्डल, वडा अध्यक्ष माँगिलाल नाई लगायतको मिलोमतोमा नापी अधिकृत यादवले रकमको प्रलोभनमा परि उक्त जग्गालाई नक्शामा बाटो देखाइदिएको आरोप समेत लगाए ।
बि.स. २००४ सालमा रहेको ब्लकको उक्त जग्गा २०३१ सालदेखी आफूले भोगचलन गर्दै आएको बताउँदै जग्गाधनी साहले हालपनि जग्गाको पूर्वमा सुशिला पाण्डे, पश्चिममा नाला, उत्तरमा बंगला तथा दक्षिणमा सुमित्रा पाण्डेको कित्ता भएको चौहदी प्रमाणित गरिएको कागजात रहेको बताए ।
चालु आ.ब. २०७८ साउन ३२ गते भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीमा राजविराज वडा नं. १ कित्ता नं. १५ मध्ये क्षेत्रफल १ कठ १५ धुर जग्गाको रु. ४४ मालपोत समेत तिरेको कागजात हुँदाहुँदै पनि नापी अधिकृत यादव र वडा अध्यक्ष नाईको मिलोमतोमा नम्बरी जग्गालाई बाटो कायम गरिदिएकोले आफू अन्यायमा परेको भन्दै संचारकर्मीसँग न्यायका लागि अपिल गरेका छन् ।
यसैबीच वडा अध्यक्ष माँगिलाल नाईले नम्बरी जग्गालाई बाटो कायम गर्ने विषय आफूलाई थाहा नभएको र नापीको आफ्नै नियम रहेकोले यस विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
उनले आफू कुनै रकमको प्रलोभनमा नपरेको दाबी गर्दै रकम लिएको प्रमाणित गर्न सम्बन्धीत पक्षसँग माग समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ