News Category 2078/05/23
चर्को ब्याज जोडेर रकम फिर्ता गर्दा समेत धितो फिर्ता नगरेको आरोप
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
जग्गा धितो राखेर ऋण लिएको र उक्त ऋणमा ब्याज जोडेर बुझाउँदा समेत आफ्नो धितो स्वरुप राखिएको जग्गा फिर्ता नगरेको भन्दै दुई दर्जन व्यक्ति न्यायका लागि संचारकर्मीसँग आग्रह गरेका छन् ।
राजबिराजमा मंगलबार पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरि आफूहरु ठगिएको बारे जानकारी गराउँदै जिल्लाको खडक नगरपालिका ७ कल्याणपुर निवासी मिटरब्याजी रामदेव साहले धितो फिर्ता नगरि फरार भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा पीडितहरुले ऋण चुक्ता गर्दा समेत धितो राखेको जग्गा फिर्ता नगरेको आरोप लागाए । बोदेबर्साईन नगरपालिका ५ का मो. तैयव अलिले १ कठ्ठा ८ धुर जग्गा धितो राखी ३८ लाख ऋण लिएको र ४५ लाख २० हजार चुक्ता गरिसके पनि साहले जग्गा फिर्ता गर्न नमाने बताए ।
पीडित अलिले आफ्नो करोडौं पर्ने जग्गा मिटरब्याजी साहले बिक्रि गरिसकेको जानकारी दिँदै आफु अन्ययामा परेको गुनासो गरे ।
यस्तै सुरुङ्गा नगरपालिका ६ का गुलावचन्द्र साहले जग्गा धितो राखी ऋण लिएपनि ऋण चुक्ता गर्दा समेत जमिन फिर्ता गर्न नमानेको आरोप लगाए । साहसँगै खडक नगरपालिका ६ का छेदिलाल पासवान, बोदेबर्साईन नगरपालिका ५ का रामप्रसाद खत्बे, बोदेबर्साईन ९ का दिलिप खत्वे, खडक नगरपालिका ८ का बच्चालाल साह, सुरुङ्गा नगरपालिका ४ का सबुरलाल चौधरी, शम्भुनाथ ११ का बिनोद मण्डललगायतले पनि जग्गा धितो राखी ऋण लिएको र तेब्बर ब्याजसहितको सबै ऋण बुझाउन खोज्दा साह सम्पर्कमा आउन नचाहेको आरोप लगाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ