News Category 2078/05/24
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहज रूपमा संचारकर्मीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय सप्तरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रजिअ गौतमले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रजिअ गौतमले जिल्लाको शान्ति सुरक्षा सँगै सुशासन कायम गराउनुदेखीे स्थानिय तहमा भईरहेको बिकासिय गतिबिधिप्रति प्रतिबद्धता भन्दा पनि जिल्लाको समग्र बिकासलाई परिणाममुखी बनाउने बताए ।
उनले सुचना प्रभाव गर्न स्थानिय तहका प्रमुखसँग समन्वय गरेर सुचनालाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।
संचारकर्मिको सुझावमा प्रहरी र जनता बिचको दुरी बढ्दै गएको जिज्ञासामा प्रजिअ गौतमले यस बिषयलाई गम्भिरतापूर्वक लिएको भन्दै चाडै सुरक्षा निकायसँग छलफल गरेर सहज बनाउने जिकिर गरे ।
बजारमा कृतिम अभाव भएको बारेमा प्रजिअ गौतमले दशै अगाडि नै बजार अनुगमन गरि खाध बस्तुको कृतिम अभाव हुन नदिन निगरानी गर्ने बताए । कोभिडको अबस्थालाई नजर अन्दाज नगरी नियन्त्रण गर्न तर्फ सबै लाग्नुपर्नेमा उनको भनाई छ ।
नगरको बाटोघाटो निर्माणमा ढिलाई बारेमा स्थानिय तह र राजनीतिक दल, स्थानिय तह सँग समन्बय गरेर अगाडी बढने जानकारी दिए ।
सोही कार्यक्रममा उनले जिल्लाको बिकासको सवालमा कठोर रूपमा प्रस्तुत भएमात्र जिल्लाको परिवर्तन हुने बताए ।
सो अवसरमा संचारकर्मिहरूले जिल्लाको सरकारी कार्यालयमा बिचोलियालाई निरूसाहित गरि सेवाग्राहीहरूले सेवा सहज बनाउन आग्रह गरे ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण कुमार देव, केन्द्रिय सदस्य ललिता साह, पुर्व सदस्य अबधेश झा, पुर्व अध्यक्ष बैधनाथ झा, धिरेन्द्र साह, प्रदेश सचिव भोला पासवान, सहसचिव चन्दन कुमार यादब, संजिव बिक्रम साह, शुभचन्द्र झा, ओमप्रकाश साह, सुखराम यादबलगायत दर्जनौ संचारकर्मिहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ