News Category 2078/05/26
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती
राजविराज/उच्च अदालत जनकपृुर–राजविराज इजलासका न्यायाधिश र कर्मचारी कोरोना संक्रमित भएपछि शुक्रवारदेखी सेवा कटौती गरिएको छ ।
उक्त अदालतका एक न्यायाधिश र एक शाखा अधिकृतमा कोरोना संक्रमण पुष्टी भएपछि शुक्रवारदेखी असोज १ गते सम्मका लागी अदालतबाट सम्पादित हुने दैनिक कार्य कटौती गरिएको हो ।
दुई जना संक्रमित हुनुृका साथै अन्य केही न्यायाधिश र कर्मचारीमा समेत कोरोना संग मिल्दो जुल्दो लक्षण देखिन थालेपछी सर्तकताका लागी सेवा प्रवाहमा केही कटौती गरिएको अदालतका निमित्त रजिष्टार उज्जल न्यौपानेले जानकारी दिएका छन् ।
असोज १ सम्म प्रति दिन बढीमा १० वटा सम्म रिट निवेदन दर्ता तथा प्रारम्भीक सुनवाई, प्रतिदिन १० वटा सम्म थुनुवा सम्बन्धि वेरितका निवेदन दर्ता र सुनवाई तथा १० वटा सम्म मात्र पुनरावेदन दर्ता हुने जनाइएको छ ।
यसैगरी बन्दी प्रत्येक्षीकरण, मुदा फिर्ता निवदेन र मिलापत्रको दर्ता तथा सुनवाई पनि प्रति दिन १० वटा सम्म मात्र हुने व्यवस्था मिलाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुृनियालाल यादवका अनुसार सप्तरीमा कोरोनाको दोश्रो लहरमा हाल सम्म १ सय १८ जनाले ज्यान गुमाई सकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ