News Category 2078/05/29
वडाध्यक्षले कामै नगरी रकम हजम गरेको भन्दै अख्तियारमा उजुरी
दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
सप्तरीको महदेवा गाउँपालिका वडा नं. १ का अध्यक्षले १८ लाख ५० हजार रकम कामै नगरी निकासा गरि हजम गरेको आरोप लगाइएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा वडा अध्यक्ष जयश्वर किशोर दासले विभिन्न शिर्षकमा कामै नगरि रकम निकासा गरेको भन्दै स्थानिय बिनोद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीमा उजुरी समेत दिएका छन् ।
आ.व. २०७७÷०७८ मा वडा नम्बर १ को वजेटबाट कमल पोखरीदेखि दिनाभद्रीसम्म ४ लाख ५० हजारको माटो र ग्राईभेल हाल्ने बजेटमा स्टिमेट अनुसार माटो पुर्नेकाम नगरेको, तार, पोल खरीद वापत ४ लाख, एलईडी बल्व, तार, होल्डर, स्वीच जडान वापत ४ लाख, ट्युवेल वितरणमा १ लाख, वडाको विभिन्न सडक मर्मत सम्भार वापत ५ लाखसहित १८ लाख ५० हजारको अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानियवासी यादवले आयोगमा उजुरी दिएका संचारकर्मीलाई जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ