News Category 2078/05/29
बाल दिवसमा सडक नाटक तथा हाजिरी जवाफ
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
सप्तरीको रुपनी गाउँपालिका र शम्भुनाथ नगरपालिकामा बिभिन्न कार्यक्रमको आयोजना गरी मंगलवार ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रको समन्वयमा रुपनी गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले आयोजना गरेको आधारभुत विद्यालय स्तरीय हाजरी जवाफ प्रतियोगतामा आधारभुत विद्यालय छपकी भथौल प्रथम, कन्छु नर प्रताप मावि नकटी रायपुर दोश्रो र बुद्धभुमि एकेडमी कटैया तेश्रो भएको छ ।
प्रतियोगितामा रुपनी गाउँपालिकाका १३ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता पश्चात रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी देवी सरदार, मावि नकटी रायपुरका प्रअ परशुराम यादव, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका उपाध्यक्ष बबिता कुमारी चौधरी लगायतले विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरे ।
यस्तै बालदिवसकै अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकामा जनचेतनामुलक सडक नाटक तथा सांस्कृति कार्यक्रम सम्पन्न भएको छ ।
‘‘समान्य अवस्था वा कोभिड महामारी बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने मुल नाराका साथ शम्भुनाथ नगरपालिकाको महिला तथा बालबालिका शाखाको सहयोग एवम् श्रीपुर्राज सामुदायिक विकास केन्द्रको समन्वयमा शम्भुनाथ नगरपालिका नगरस्तरीय बाल संजालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाको हाताभित्रै आयोजना गरिएको कार्यक्रममा बाल सञ्जालका बाल कालाकारहरुले विद्यालयमा उमेर पुगेका बालबालिकाहरुलाई भर्ना गर्नुपर्ने, नियमित विद्यालय पठाउनुपर्ने, समयभित्रै जन्मदत्र्ता बनाउनुपर्ने लगायतका बिषय बस्तुहरु समेटेर सडक नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कबिता कुमारी सरदार, शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गानन्द भगत, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी लगायतले बालअधिकारको बिषयमा बोलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ