News Category 2078/05/29
राष्ट्रिय बालदिवसमा बिभिन्न प्रतियोगिता सम्पन्न

दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
राष्ट्रिय बालदिवस २०७८ को अवसरमा मंगलबार सप्तरीको तिनवटा गाउँपालिकामा बिभिन्न प्रतियोगिताको आयोजना गरि मनाइएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा आयोजित कार्यक्रममा हाजरी जवाफ प्रतियोगिता, निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, कबिता लेखन प्रतियोगिताको आयोजना गरिएको लैङगिक केन्द्रित परियोजना संयोजक संतोष कुमार यादवले जानकारी दिए ।
उक्त प्रतियोगिता जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, बिष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको हो । आयोजित प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना पुरस्कार प्राप्त गरेकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
कार्यक्रममा डटपेन, कापी र खेलकुद सामग्री सहित शैक्षिक सामाग्रीहरु प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । उक्त प्रतियोगिता बिभिन्न बालक्लबको आयोजनामा सम्पन्न भएको थियो ।
यसैगरि राष्ट्रिय बालदिवसकै अवसरमा जिल्लाको खडक नगरपालिकास्थित कल्याणपुरमा मंगलबार एक कार्यक्रम सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालले सप्तरीको खडक नगरपालिका वडा नंं ७ स्थित जनता आधारभुत बिद्यालय कल्याणपुरमा आयोजना गरेको कार्यक्रममा कुर्सी खेल तथा भाडो फोटा खेल सम्पन्न भएको सबलन नेपालका अशोक साहले जानकारी दिए ।
कार्यक्रममा बिभिन्न बिद्यालयका सहभागि छात्र÷छात्राहरुले नियमको पालना गर्दै उक्त कार्यक्रममा सहभागि भएका थिए ।
खडक नगरपालिकाका उपप्रमुख यशमीन सुलतानको प्रमुख अतिथि भएको कार्यक्रममा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना भएकाहरुलाई पुरस्कार बितरण गरिएको थियो ।
शिक्षा शाखाका बीरेन्द्रकुमार यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा बिशिष्ट अतिथि सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरी, बालबालिका शाखा अनिता साह, अतिथि सबल नेपालका फिल्ड अधिकृत (शिक्षा) निरबहादुर आले, एसएनभीका कार्यक्रम संयोजक परमेश्वर झा, कृष्णा जिसी र खडक नगरपालिका वडा नं. ७ का अध्यक्ष राकेश कुमार साह लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ