News Category 2078/05/31
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू
दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून हुदै गईरहेको बेला राजदेवी ठोकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादबको अगुवाईमा बिद्यार्थी भर्ना अभियान सुरू भएको छ ।
अभियानका अन्तर्गत राजविराज नगरपालिकाका वडा नं. ११ को झल्ही, फर्सैठ, राजबिराज १ को रामपुरसहितका गाउँका घर–घरमा गएर प्रअ यादवले विद्यार्थी भर्नाका लागि अनुरोध गरेका छन ।
राजविराज नगरपालिका वडा नं. १ स्थित रहेको राजदेवी माध्यमिक विद्यालयमा अहिले पनि पठनपाठनमा सुधार गर्नका लागि विद्यालयमा गाउँघरका दलित, विपन्नसहित सबै वर्गको विद्यार्थीहरुको पठन पाठनमा पहुँच पु¥याउन अभियान संचालनमा ल्याएको प्रअ दिनेश यादबले जानकारी दिए ।
उनले विगतका दिनमा विद्यालयको अवस्थालाई स्मरण गर्दै केही व्यक्तिहरुको कारणले अहिले विद्यालयका शिक्षकहरु तिरस्कृत भईरहेको भन्दै शैक्षिक सत्र ०७८÷०७९ बाट विद्यालय तथा कक्षा संचालनको गतिविधिमा सुधार ल्याउने प्रतिबद्धता जनाए ।
विद्यालयको भौतिक, आर्थिक तथा विद्यार्थीको संख्या न्युन भएको अबस्थामा विद्यालयको शिक्षक÷शिक्षिकाहरुले मंगलवारबाट विद्यार्थी खोज्ने अभियान शुरु गरेको छ ।
शिक्षा समन्वय ईकाई कार्यालयका अनुुसार भदौं १५ देखि ३० गतेसम्म विद्यार्थी भर्नाका समयसिमा निर्धारण गरेपनि प्रअ यादव भदौं २७ गते सो विद्यालयमा प्रधानाध्यापक रुपमा हाजिर भएका थिए ।
अभियान टोलीमा शिक्षिका चित्ररेखा देव, मोहन यादव, भगवती चौधरी, चन्दन देव, विन्देश्वर प्रसाद यादव, वैद्यनाथ यादव, रेखा मण्डल, शम्भु साह, अनिता मिश्र, ललिता साह, सोनी यादव, रम्भा झा, रेखा यादव, सोनी कुमारी मण्डल, दिपेन्द कुमार यादव, फुशेश्वर यादवलगायतका शिक्षक÷शिक्षिका सहित विद्यालयका अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ