News Category 2078/05/31
सहिद स्तम्भ तथा जेष्ठ नागरिक भवन हस्तान्तरण

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
शहरी बिकास तथा भवन कार्यालयले मलेठमा सहिद स्तम्भ तथा जेष्ठ नागरिक भवन राजबिराज नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बिहिवार एक कार्यक्रम बिच प्रदेश सभा सदस्य मनिष कुमार सुमन तथा राजबिराजका नगरप्रमुख शम्भु प्रसाद यादबको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।
राजबिराज ९ स्थित मलेठको सहिद स्तम्भको प्रागणमा स्थित दलित भवनको प्रागणमा शहरी बिकास तथा भवन कार्यालय सप्तरी प्रमुख कृष्णदेव झाले वडा अध्यक्ष शम्भु प्रसाद यादब (लाली) लाई हस्तान्तरण गरेका छन ।
सो अवसरमा प्रदेश सभा सदस्य मनिष सुमनले मलेठ घटनामा मारिएका सहिदहरूको सम्झनामा सहिद स्तम्भ निर्माण गरिएको बताए । उनले सुबिधा सम्पन्न सहिद स्तम्भ परिसरमा नगरवासीले मलेठको सहिद स्तम्भ अवलोकन गर्न तथा सहिदको सम्झना हुने उद्देश्यले निर्माण गरिएको बताए ।
यसैगरी सोही वडामा सुबिधा सम्पन्न ५ कोठे जेष्ठ नागरिक आवास भवन निर्माण भई वडा अध्यक्ष शम्भु यादब लालीलाई समेत हस्तान्तरण गरिएको शहरी बिकास तथा भवन कार्यालयका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।
प्रदेश सभा सदस्य सुमनको पहलमा तथा भवन कार्यालय राजबिराजको अगुवाईमा सहिद स्तम्भ तथा जेष्ठ नागरिक भवन निर्माण भएको हो । प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयको सहयोगमा शहरी बिकास तथा भवन कार्यालयले ९२ लाख ६१ हजार ६ सयको लागतमा सहिद स्तम्भ निर्माण गरेको हो ।
यसैगरी ८६ लाख ३४ हजार ६ सय ५२ रूपैयाको लागतमा जेष्ठ नागरिक आवास भवन निर्माण गरिएको शहरी कार्यालय प्रमुख झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ