News Category 2078/05/31
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
राजविराज कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिएको छ ।
राजविराज कारागारको अवस्था तथा कैदी बन्दीहरुको समस्या बुझ्न बिहीबार कारागार पुगेकी प्रदेश २ की आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्णलाई कारागार प्रशासनले सो समस्या बताएको हो ।
कारागार कार्यालय सप्तरीको दुई विगहा ८ कठ १६ धुर क्षेत्रफल जमिन कारागारको नाममा रहेपनि १ विगहा १ कठ ९ धुर जग्गा अतिक्रमणमा परेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागारका जेलर सुमन कोइरालाले राज्य मन्त्री कर्णलाई जानकारी दिएका छन् ।
उनले कारागार स्वामित्वकै जग्गामा चारैतिर मानिसले अतिक्रमण गरि घर बनाएको कारण सुरक्षा चुनौती थप पेचिलो बनेको बताए । उनले जिर्ण भवनको सानोतिनो मर्मत गर्न, खाद्यान्न, औषधी, खानेपानीका उपकरण लगायतका विभिन्न काममा भएको खर्चले लाखौं रुपैया कारागारले विभिन्न व्यापारी तथा फर्मलाई भुक्तानी दिनुपर्ने बाँकी रहेको समेत बताए ।
सरकारबाट उपलब्ध गराइएको बजेटबाट अपुग भएका कारण विभिन्न शिर्षकमा लाखौं रुँपैया कारागारमाथी ऋणै रहेको उनले राज्य मन्त्री कर्णलाई जानकारी गराए ।
यता तीन वटा ब्लक गरि एक सय २५ कैदी बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा हाल ३ सय ६७ कैदी बन्दी कोचाकोच गरि राखिएकोमा तिनीहरुका लागि ७ वटा मात्र शौचालय रहेका छन् । सोही क्रममा कारागार भित्र रहेका ट्युबेलको घरमा पिउने पानी भर्ने, नुहाउने र लुगाधुने लगायतका काम गर्नुपर्ने भएकाले त्यहा पनि लाइन बस्नुको विकल्प नरहेको कैदी बन्दीहरुको गुनासो थियो ।
यता अति नै पुरानो भवन रहेका कारण जिर्ण यस कारागारमा पानी चुहिने समेत समस्या वर्षौ अघिदेखी रहेको छ भने सिसि क्यामरा र जेनरेटर नहुँदा सुरक्षा जोखिम समेत बढेको कारागार प्रशासनको भनाई छ ।
यस्तै जेलर कोइरालाले कारागारका दुई सुरक्षा पोष्ट र चामल राख्ने गोदाम कुनै बेला पनि भत्किने अवस्थामा रहेको बारे मन्त्री कर्णलाई ध्यानाकर्षण गराए ।
राज्यमन्त्री कर्णले प्रदेश २ अन्तरगतका ६ वटा कारागारको अवस्था सुधारका लागि प्रदेश सरकारले प्रयास थालेको र यसै क्रममा कारागारको अवस्था बुझ्नका लागि राजविराजबाटै सुरुवात गरेको बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ