News Category 2078/06/05
बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
बाल शिक्षक र विद्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । वर्षौदेखी आफूहरुले उठाएको जायज मागप्रति कुनै सुनुवाई नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
बाल शिक्षक र विद्यालयका कर्मचारीद्वारा गठित संघर्ष समितिको अगुवाईमा राजविराज नगरपालिका कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा आफूहरुको जायज माग पुरा गर्न नगरपालिकाले कुनै चासो नदेखाएकाले चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख छ ।
ज्ञापन पत्रमार्फत सार्वजनिक कार्यक्रम अनुसार असोज ८ गते कालोपटी बाधेर पठनपाठनमा सहभागि हुने, असोज ९ गते सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया, असोज १० गते पेनडाउन, असोज ११ गते राजविराज नगरपालिका कार्यालयमा धर्ना र असोज १५ गते पत्रकार सम्मेलन गरि आन्दोलनका दोश्रो चरणका थप सशक्त कार्यक्रमहरु सार्वजनिक गरिने उल्लेख गरिएको छ ।
न्यून तलबमा काम गर्न बाध्य भएका उनीहरु राजविराज नगरपालिकाको कार्यालयलाई ज्ञापनपत्र तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमा सोको बोदार्थ पत्र बुझाउँदै उनीहरुले आन्दोलन कार्यक्रम सार्वजनिक गरे ।
यता संघर्ष समितिका अध्यक्ष सुमित्रा दासले सरकारद्वारा बाल शिक्षक र विद्यालय कर्मचारीको तलब मासिक १५ हजारका दरले कायम गरिए पनि आफूहरु सो सेवा सुविधाबाट बञ्चित रहेको र यसबारे पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही पाउन नसकेको गुनासो पोखिन ।
संघर्ष समितिका सदस्य सचिव विभा झाले बाल शिक्षक र विद्यालय कर्मचारीको मासिक तलबमा दुई हजार संघीय सरकार र बाँकी नपुग रकम सम्बन्धीत स्थानिय तहले ब्यहोर्ने ब्यवस्था भएपनि राजविराज नगरपालिकाले दिन नमानेको सुनाईन् ।
उनले यसबारे सर्वोच्च अदालतमा मुद्दा हाल्दा आफूहरुको पक्षमा फैसला भएपनि कार्यान्वयनमा राजविराज नगरपालिकाले चासो नदेखाएको गुनासो पोख्दै न्यायोचित माग पूरा गराउन आन्दोलनको बाटो रोजेको बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ