News Category 2078/06/05
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका २ की २३ वर्षिया एक युवतीलाई पतिले राख्न नमानेपछि अहिले उनी अलपत्रमा परेकी छिन् ।
बि.स. २०७४ साल असोज महिनामा राजविराजस्थित राजदेवी मन्दिरमा प्रेम विवाह गरेकी उनको पतिले घर लान र पत्नि बनाएर राख्न अस्विकार गरेपछि अलपत्रमा परेकी हुन् ।
चार वर्ष अघि उनले सोही गाउँपालिका ३ का २४ वर्षिय सानु चौधरीसँग अन्तरजातिय प्रेम विवाह गरेकी थिइन् ।
प्रेम विवाह गरेको भोली पल्टैदेखी राजविराज ७ स्थित चन्द्र नारायण देवको घरमा भाडाको कोठा लिई एक्लै उनी बस्दै आएकी छिन् । केही समय पति चौधरीसँगै बसेपनि विगत लामो समयदेखी सम्पर्कमा आउन नचाहेको र खर्च पनि दिन बन्द गरेको उनको भनाई छ ।
स्नातकसम्म पढेकी उनी अहिले टोलकै केही बालबालिकालाई ट्युसन पढाएर जसोतसो दैनिकी जिवन यापन गरिरहेकी छिन् । उनले पतिकै दबाबमा तीन पटक सम्म झुक्याएर औषधी खुवाई गर्भपतन गराइसकेको समेत बताइन् ।
उनी न्यायका लागि लामो समयदेखी प्रहरी र अदालतमा धाईरहेकी छिन् । न्यायमा ढिलाई भएपछि मंगलबार संचारकर्मी र अधिकारकर्मी समक्ष न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् ।
चौधरी र उनका आफन्तले १० लाख रुँपैया लिएर अर्को केटासँग विहे गर्न धम्क्याइरहेको बताउँदै प्रलोभन देखाउने गरेको भन्दै आफूले नमानेको पीडित युवतीको भनाई छ ।
उनका अनुसार घटना सार्वजनिक भएपछि २०७७ फागुन २१ गते प्रहरीले चौधरीलाई पक्राउ गरि एक दिन थुनामा पनि राखेको थियो । हिरासतमा रहेका चौधरीले एक साताभित्र आफूसँग विहे गर्छु भनि कागजात गरेपछि थुनामुक्त भएको उनले बताइन् । तर, चौधरीले अझै विहे गर्न नमानेको उनले बताईन् ।
यसैबीच प्रहरीले जबरजस्तीकरणी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया सुरु गरेपछि मुद्दा अदालतमा पुग्यो । अदालतमा चौधरीका आफन्तले सानुसँगै विहे गराईदिन्छु भन्दै जाहेरी फिर्ता लिन दबाब दिएपछि एउटा कागजमा हस्ताक्षर गराएको उनको भनाई छ ।
२०७८ बैशाख ३ गते सप्तरी जिल्ला अदालतको आदेशले सानु २ लाख धरौटी बुझाएर रिहा भए । त्यस पश्चात् पनि सोनु र उनका आफन्तले उनलाई स्वीकार गर्न तयार भएनन् ।
यता सानुले ती युवतीसँग सामान्य चिनजान मात्र भएको र त्यस्तो सम्बन्ध कहिल्ले नभएको दाबी गरेका छन् । यूवतीले लगाएका सबै आरोप बनावटी र गलत रहेको र आफूलाई बदनाम गर्ने तथा फसाउने नियत रहेको भन्दै सोनुले ती यूवतीसँग विवाह नगरेको दाबी पनि गरे ।
प्रहरीमा जबरजस्तीकरणी मुद्दामा झुठो जाहेरी दिएको र आफू पक्राउ परेको स्वीकारे पनि आफूले जरबजस्तीकरणी नगरेको र उनीसँग विहे गर्ने भनेर प्रहरी कार्यालयमा कुनै कागज पनि नगरेको दाबी गरेका छन् ।
यस सम्बन्धमा सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले दुबै पक्षलाई राखी सहमतिबाटै निकासको प्रयास गरिएको बताउँदै छलफलमा भएको मौखिक सहमतिको पालना नभएपछि जबरजस्तीकरणी मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको र मुद्दा अदालतमा पुगेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
- 2082/02/07 झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
- 2082/02/07 फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
- 2082/02/07 शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
- 2082/02/07 अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ