News Category 2078/06/05
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका २ की २३ वर्षिया एक युवतीलाई पतिले राख्न नमानेपछि अहिले उनी अलपत्रमा परेकी छिन् ।
बि.स. २०७४ साल असोज महिनामा राजविराजस्थित राजदेवी मन्दिरमा प्रेम विवाह गरेकी उनको पतिले घर लान र पत्नि बनाएर राख्न अस्विकार गरेपछि अलपत्रमा परेकी हुन् ।
चार वर्ष अघि उनले सोही गाउँपालिका ३ का २४ वर्षिय सानु चौधरीसँग अन्तरजातिय प्रेम विवाह गरेकी थिइन् ।
प्रेम विवाह गरेको भोली पल्टैदेखी राजविराज ७ स्थित चन्द्र नारायण देवको घरमा भाडाको कोठा लिई एक्लै उनी बस्दै आएकी छिन् । केही समय पति चौधरीसँगै बसेपनि विगत लामो समयदेखी सम्पर्कमा आउन नचाहेको र खर्च पनि दिन बन्द गरेको उनको भनाई छ ।
स्नातकसम्म पढेकी उनी अहिले टोलकै केही बालबालिकालाई ट्युसन पढाएर जसोतसो दैनिकी जिवन यापन गरिरहेकी छिन् । उनले पतिकै दबाबमा तीन पटक सम्म झुक्याएर औषधी खुवाई गर्भपतन गराइसकेको समेत बताइन् ।
उनी न्यायका लागि लामो समयदेखी प्रहरी र अदालतमा धाईरहेकी छिन् । न्यायमा ढिलाई भएपछि मंगलबार संचारकर्मी र अधिकारकर्मी समक्ष न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् ।
चौधरी र उनका आफन्तले १० लाख रुँपैया लिएर अर्को केटासँग विहे गर्न धम्क्याइरहेको बताउँदै प्रलोभन देखाउने गरेको भन्दै आफूले नमानेको पीडित युवतीको भनाई छ ।
उनका अनुसार घटना सार्वजनिक भएपछि २०७७ फागुन २१ गते प्रहरीले चौधरीलाई पक्राउ गरि एक दिन थुनामा पनि राखेको थियो । हिरासतमा रहेका चौधरीले एक साताभित्र आफूसँग विहे गर्छु भनि कागजात गरेपछि थुनामुक्त भएको उनले बताइन् । तर, चौधरीले अझै विहे गर्न नमानेको उनले बताईन् ।
यसैबीच प्रहरीले जबरजस्तीकरणी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया सुरु गरेपछि मुद्दा अदालतमा पुग्यो । अदालतमा चौधरीका आफन्तले सानुसँगै विहे गराईदिन्छु भन्दै जाहेरी फिर्ता लिन दबाब दिएपछि एउटा कागजमा हस्ताक्षर गराएको उनको भनाई छ ।
२०७८ बैशाख ३ गते सप्तरी जिल्ला अदालतको आदेशले सानु २ लाख धरौटी बुझाएर रिहा भए । त्यस पश्चात् पनि सोनु र उनका आफन्तले उनलाई स्वीकार गर्न तयार भएनन् ।
यता सानुले ती युवतीसँग सामान्य चिनजान मात्र भएको र त्यस्तो सम्बन्ध कहिल्ले नभएको दाबी गरेका छन् । यूवतीले लगाएका सबै आरोप बनावटी र गलत रहेको र आफूलाई बदनाम गर्ने तथा फसाउने नियत रहेको भन्दै सोनुले ती यूवतीसँग विवाह नगरेको दाबी पनि गरे ।
प्रहरीमा जबरजस्तीकरणी मुद्दामा झुठो जाहेरी दिएको र आफू पक्राउ परेको स्वीकारे पनि आफूले जरबजस्तीकरणी नगरेको र उनीसँग विहे गर्ने भनेर प्रहरी कार्यालयमा कुनै कागज पनि नगरेको दाबी गरेका छन् ।
यस सम्बन्धमा सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले दुबै पक्षलाई राखी सहमतिबाटै निकासको प्रयास गरिएको बताउँदै छलफलमा भएको मौखिक सहमतिको पालना नभएपछि जबरजस्तीकरणी मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको र मुद्दा अदालतमा पुगेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ